Ad image

परिवर्तनकारी शक्तिहरुको गठबन्धन भएको छ–अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २८ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २८ रोल्पा ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभाका प्रत्यक्ष साँझा उम्मेदवार अमरसिंह पुनले परिवर्तनकारी शक्तिहरुको गठबन्धन भएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति त्रिणेवी गाउँपालिका वडा न.२ त्रिवेणी रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रमको प्रमुख अतिथीको रूपमा बोल्दै पुनले सो कुरा बताउनु भएको हो ।
रोल्पाबाट धेरै संघर्ष र दुख पाएका परिवर्तनकारी शक्तिहरु एक भएको बताए।देशलाई अग्रगमन तिर लग्नुको सत्ता प्रतिगमन तिर लैजाने शक्ति विरुद्ध आफूहरू एक ठाउँमा उभिएको समेत बताए । मैले पनि रोल्पामा दुख भएको हुँ भारत जाने भनेर नाका पुगेको थिए।मलाई सोध्यो घर कहाँ हो भन्दा मैले रोल्पा भने त पनि माओवादी त होलास भनेर नेपाली सेनाले पिटेको समेत बताए । हिजोको त्यो दिन सम्झदा आज जस्तै लाग्छ “हामी देशको परिवर्तनकारी शक्ति हौँ, पुनले भने हामी संविधानको रक्षाका लागि हो,राजनीतिक स्थायीत्वका लागि हो, रोल्पाको विकास र समृद्धिका” लागि हाम्रो गठबन्धन हो।तपाईं माओवादी हो तपाईं नै कांग्रेस हो ।

आफूहरूले पाँच बर्षको लागि मात्र नभएर दसबर्ष पछी सम्मनै गठबन्धन हुने समेत बताए । मङ्सिर ४ मा हुने निर्वाचनमा ढुक्कसँग आफ्नो मतदान केन्द्रमा गएर आफ्नो अमुल्य मत दिएर बाम लोकतान्त्रिक गठबन्धनलाई बिजय गराउन समेत पुनले सबै मतदाता समक्ष अपिल समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array