सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २८ रोल्पा ।
लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति त्रिवेणी गाउँपालिका वडा न. २ त्रिवेणी रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन परिचालन समिति त्रिवेणी गाउँपालिका वडा न. २ का संयोजक मनमानसिङ बुढा मगरको अध्यक्षमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार अमरसिंह पुन, नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगर, नेपाली कांग्रेसका जिल्ला सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गुणेन्द्र घर्ती, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य टेकबहादुर बस्नेत, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य भान बहादुर घर्ती, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणी आचार्य,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेज कुमारी बिष्ट लगायतको सहभागीता रहेको थियो ।
मतदाताहरुले उठाएका जिज्ञासामा नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगरले रोल्पाको मुहार फेर्न गठबन्धनले जित्नु पर्ने बताए।शान्ति बहाल, रोल्पाको विकासका लागि भएको बताउदै,परिवर्तनका शक्तिहरुको गठबन्धन भएको समेत बताए । रोल्पाली जनताले मङ्सिर ४ मा रिजल्ट निकाल्नुपर्ने समेत बताए।बुढा मगरले गाउँ गाउँमा गएर मतदाता शिक्षा दिएर सक्षम बनाउन समेत आग्रह गर्नुभएको छ । भेटघाट कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति त्रिवेणी गाउँपालिका वडा न. २ का सचिव दानबहादुर घर्ती गर्नु भएको थियोे ।
प्रतिक्रिया दिनुहोस्