Ad image

लोकतान्त्रिक बाम गठबन्धनको मतदाताहरुसँग भेटघाट कार्यक्रम तिलामा सम्पन्न

मालश्री खबर
मालश्री खबर २८ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २८ रोल्पा ।

लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति त्रिवेणी गाउँपालिका वडा न. ७ तिला गैरीगाँउ रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रम त्रिबेणि गाँउपालिकाको तिलामा सम्पन्न भएको छ ।

निर्वाचन परिवर्तन समिति त्रिवेणी गाउँपालिका वडा न. ७ का संयोजक गोमन बाँठाको अध्यक्षमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एंव लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.१ प्रदेश सभा २ का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुन, नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगर, नेपाली कांग्रेस रोल्पाका जिल्ला सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, एकीकृत समाजवादी बाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार गीता नेपाली, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य टेकबहादुर बस्नेत, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य पुष्पा श्रेष्ठ, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य भान बहादुर घर्ती, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणी आचार्य, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तेज कुमारी बिष्ट लगायतको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

मतदाताहरुले उठाएका जिज्ञासामा नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा मगरले हिजोको महान दसबर्षे जनयुद्धमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र कसैको नभई देशको परिवर्तनको लागि भएको बताउनु भयो । अहिलेको गठबन्धन हिजोको नेकपा एमाले जस्तो नभएर लोकतन्त्रमा विश्वास राख्ने शक्तिहरु भएको समेत बताउनुभयो । एमालेले द्वन्द्वकालको मुद्दाहरुलाई कुनै पनि सुनुवाइ नगरी नेपाली कांग्रेस र माओवादी केन्द्रको घाँटीमा तरवार झुन्डाएर निरंकुस लिउन खोजेको समेत बताउनु भयो । हिजोका मुद्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको भएको बताउदै, अहिले कांंग्रेस र माओबादी केन्द्रको बिचमा कुनै पनि अप्थ्यारो पर्ने मुद्दा नभएको बताउनु भयो । अहिले पनि कांग्रेस माओबादी केन्द्र एक ठाँउमा आएर मिलेको देख्दा नेकपा एमालेले दुई शक्तिका बीचमा फाटो ल्याउनको लागी बिगतका मुद्दाका कुरा उठाएर एमालेले झस्काएर फाटो पार्नको लागी ठुलै प्रयास गरि रहेको समेत बताउनु भयो ।

त्यस्तो कुराको पछि नलाग्न र गठबन्धनका उम्मेदवारलाई गठबनधनको साझा उम्मेदवार थानेर मतदान गर्न र बिजय बनाउन समेत इन्चार्ज बुढाले सबै नेता कार्यक्रतालाई अनुरोध गर्नु भएको छ । भेटघाट कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति त्रिवेणी गाउँपालिका वडा न. ७ का उप संयोजक अमर डाँगीले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्