Ad image

रोल्पाबाट कांग्रेस र माओवादीले ठूलो संघर्ष गरेको छ-अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २८ कार्तिक २०७९, सोमबार
2 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २८ रोल्पा ।
संयुक्त लोकतान्त्रिक वाम गठबन्धन रोल्पा प्रदेश सभा २ का साझा उम्मेदवार एंव नेपाली कांगे्रसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रोल्पाबाट नेपाली कांग्रेस र माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउनु भएको छ । निर्वाचन परिचालन समिति त्रिबेणि गाउँपालिका वडा न.७ तिला गैरीगाँउ रोल्पाले आयोजना गरेको मतदाताहरुसँग भेटघाट कार्यक्रमको प्रमुख अतिथीको रूपमा रहनु भएको पुनले बताउनु भएको हो । पुनले नेपाली कांग्रेस र माओवादीले अगाडी देखिनै मिल्दै आएको बताउदै, ब्राह बुँदे सम्झौता र बृहत शान्ति सम्झौता नेपाली कांग्रेसको नेतृत्वमा भएको समेत बताउनु भयो । हिजोको संघर्ष नेपाली कांग्रेस र माओवादीको विरुद्ध नभएर राज्यको विरुद्ध भएको समेत जिकिर गर्नुभयो । दुबै दल मिलेर शान्ति प्रक्रियामा देशलाई लिएको बताउनु भयो ।

संघीय लोकतन्त्र, गणतन्त्र स्थापना गरि देशमा संविधान निर्माण गरेको समेत बताउनु भयो । जब देश अप्थ्यारो परिस्थिति आउँछ तब नेपाली कांग्रेस र माओवादीले देशको निकासका लागि सँगै एकजुट भएर जाने गरेको समेत बताउनु भयो । पहिले नै नेपाली कांग्रेसले हँसियाहथौडामा र नेकपा माओवादी केन्द्रले रुखमा मतदान गरि देशको प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सांसद, प्रतिनिधि सभा र प्रदेशका सांसद लगायतलाई चुनावको माध्यमबाट संसदमा पठाएको समेत बताउनु भयो । पुनले भन्नुभयो “रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बर्षमान पुनले मैले माओवादीको मतले जितेको हुँ भन्न नमिल्ने र मैले प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनले कांग्रेस मतले मात्र जितेको हुँ भन्न नमिल्ने” समेत बताउनु भयो ।

हामीले सबै रोल्पाली जनताले आफ्नो अमुल्य मतदान दिएर बिजय गराएको भन्नुपर्ने अवस्था आउने समेत बताउनुभयो । लोकतान्त्रिक बाम गठबन्धन गर्नुको कारण संविधानको रक्षा, राजनीतिक स्थायीत्व, समृद्धि र विकासका लागि आफूहरूलाई रोल्पाली जनताले आफ्नो अमुल्य मत दिई बिजय गराउन सहयोग गर्न उपस्थित सबैलाई आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्