Ad image

चुनावी अभियानको महासंग्राममा आफूहरू होमिएको:- जोख बहादुर महराको भनाई

मालश्री खबर
मालश्री खबर २७ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

सुर्यप्रकाश बुढामगर, मालश्री खबर, कार्तिक २७ रोल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नं.१ क रोल्पाका प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले चुनावी अभियानको महासंग्राह्ममा आफूहरू होमिएको बताउनु भएको छ ।

निर्वाचन परिचालन समिति क्षेत्र नं.१ ख रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई घर्तीमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सभाको विशिष्ट अतिथि समेत रहेका महराले आफूहरू चुनावी अभियान,चुनावी मोर्चामा केही दिन देखि होमीएको समेत बताउनु भएको छ ।

आफूहरू क्षेत्र नं.१ क प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार भएदेखि विभिन्न टोल बस्तीहरुमा पुगेर मत मागेको समेत बताए।हामीले कृषिको आधुनिकरण,यान्त्रिकरण, बजारीकरण गर्ने आफूहरूको एजेण्डा भएको समेत महराले बताउनुभएको छ ।

श्रीपेच बिनाको राजा केपी ओलीलाई परास्त गर्नको लागि देशैभरी पाँच दलीय गठबन्धन भएको समेत बताउनुभयो दुई दुई पटक संसदलाई प्रतिगमनतिर लगेको र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत अन्य शक्ति एक ठाउँमा होमिएको उहाँको भनाई रहेको छ । रोल्पाको विकास समृद्धि र सुशासन संविधानको रक्षा र राजनीतिक स्थायीत्वका लागि बाम लोकतान्त्रिक गठबन्धनले जित्नु पर्ने समेत बताउनुभएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै महराले रोल्पाले जिते मात्र देशको विकास हुने बताउनुभएको छ । संघीय लोकतन्त्र गणतन्त्र स्थापना गर्न नेपाली जनताले भूमिका खेलेझै मङ्सिर ४ मा पनि अमुल्य मतदान दिएर बिजय गराउन समेत आग्रह गर्नुभएको छ । एकले अर्कोलाई मतदान गरि सहयोग गर्नको लागि कसैले पनि हात कमाउने नहुने समेत उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array