Ad image

लामो संघर्ष पछि देशले संघीय लोकतन्त्रिक, गणतन्त्र पाएको छ – जयपुरी घर्ती

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय सरकारका निवर्तमान शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती मगरले लामो संघर्ष पछि देशले संघीय लोकतन्त्र,गणतन्त्र पाएको बताउनु भएको छ । निर्वाचन परिचालन समिति क्षेत्र नं.१ क रोल्पाले आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सुलिचौरमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको छ ।

चुनावी सभाकी विशिष्ट अथिती समेत रहेका घर्ती मगरले हिजो महान दसबर्षे जनयुद्ध,१९ दिने आन्दोलनले गर्दा आज देशमा संघीय लोकतन्त्र,गणतन्त्रको स्थापना भएको समेत बताए।संघीयता कार्यान्वयन भय सँगै, २०७२ मा संविधान निर्माण भएको र सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको र ७ प्रदेश ७५३ वटा स्थानीय तह निर्माण भएको समेत बताए।आफूहरू शान्ति प्रक्रियामा गएको र २०६४ सालमा आफू चुनावमा भाग लिएर रोल्पाली जनताले बिजय गराएको समेत बताए।रोल्पामा आफूहरू निर्वाचित भएपछी रोल्पामा विकासको धोका खेलेको समेत बताए, उतिबेला शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी र सूचना संचारको विकास भएको थिएन अहिले भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Array