Ad image

देउवालाई हामीले दुई-दुई पटक हस्ताक्षर गरेर प्रधानमन्त्री बनाएका हौ – बर्षमान पुन

मालश्री खबर
मालश्री खबर २६ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २६ रोल्पा ।
नेपाली कांग्रेसका सभापति एवं शेर बहादुर देउवालाई दुई दुई पटक आफूहरूले हस्ताक्षर गराएर देशको प्रधानमन्त्री बनाएको नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा सचीव तथा रोल्पा बाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार बर्षमान पुन मगर अन्नत ले बताउनुभएको छ । निर्वाचन परिवर्तन समिति क्षेत्र नं.१ क रोल्पाले सुलिचौरमा आयोजना गरेको बाम लोकतान्त्रिक गठबन्धनको बृहत संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

सभाको विशिष्ट अतिथि समेत रहेका पुन मगरले नेपाली कांग्रेससँग २०७४ सालको चुनावमा १ सय भन्दा बढी स्थानीय तहमा गठबन्धन भएको र २०७९ को स्थानीय तहको चुनावमा पनि करिब ३सय बढी स्थानीय तहमा सँगै चुनावमा होमिएको समेत बताए।साथै एकले अर्कोलाई मतदान गरि सकेको र रोल्पाको सन्दर्भमा भने पहिलो पटक भएकाले केही अप्ठ्यारो जस्तो देखिए ता पनि मङ्सिर ४ गते पछि सहज हुने समेत पुनको भनाइ रहेको छ।पार्टीको निर्माण भनेको गठबन्धनलाई बिजय गराउनु रहेको समेत बताए।आफूहरू निर्वाचित भएपछी रोल्पा अन्तर्गत मदन भण्डारी राजमार्ग, १५० किलोवाट माडी जलशाययुक्त जलविद्युत आयोजना अगाडि बढ्ने र सहिद राजमार्गको पिचको कामले तीब्र पाउने समेत पुनको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्