Ad image

पहिचान नखुलेको महिलाको शव माडी खोलामा फेला

मालश्री खबर
मालश्री खबर २४ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २४ रोल्पा ।

रोल्पा र प्युठानको सिमानामा पर्ने माडि खोलाको विच भागमा मृत अवस्थामा पहिचान नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । सुनिल स्मृती गाँउपालिका वडा न. २ खुंग्री र स्र्वगद्धारी नगरपालिकाको बिचमा पर्ने लामाचौर स्थित माडि खोलाको विच भागमा मृत अवस्थामा महिलाको शव रहेको भनि स्थानियले प्रहरीलाई जानकारी गराए पछि प्र्रहरी पुग्दा महिलाको शब भएको प्रहरीले जानकारी दिएको छ । कार्तिक २४ गते अन्दाजी सवा ३ बजेको समयमा स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको अहिले सम्म कुनै नाम थर ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबत्ता प्रकाश भुसालले जानकारी दिनु भएको छ ।

अन्दाजी बर्ष ३०/३२ कि महिला खोलाको विच भगमा पानिको मात्रा कम भएको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेका थिइन्न । मृतक महिलाको लासलाई पोष्टमार्टमका लागी रोल्पा अस्पताल रेउघामा पठाइएको प्रबत्ता भुसालले बताउनु भएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ । पहिचान नखुलेकाले कोही–कसैलाई जानकारी भएमा माडी खोला आसपासका बासिन्दाहरुलाई जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array