Ad image

लोकतान्त्रिक बाम गठबन्धनकोे संयुक्त चुनावी सभा थबाङ गाउँपालिकामा सम्पन्न 

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढामगर,मालश्री खबर, कार्तिक २३ रोल्पा । 
लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध दलहरूको संयुक्त चुनावी सभा कार्यक्रम थबाङ गाउँपालिका वडा न. २ थबाङमा सम्पन्न भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लोकतान्त्रिक बाम गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का निर्वाचन परिवर्तन समितिका संयोजक टेकबहादुर बस्नेतको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नं.१ ख का प्रत्यक्ष उम्मेदुवार अमरसिंह पुनमगर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथीमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुक बहादुर रोकामगर रहनु भएको आयोजकले जानकारी दिएको छ । लोकतान्त्रिक बाम गठबन्धन थबाङ गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपा माओवादी केन्द्रका थबाङ गाँउपालिका अध्यक्ष रामधन पुनमगरको स्वागत मन्तव्य बाट सुरु भएको संयुक्त चुनावी सभामा नेपाली कांग्रेस रुकुम पूर्व जिल्ला कार्यसमिति सभापति तथा रुकुम पूर्व क्षेत्र नं.१ का समानुपातिक संघीय प्रतिनिधि सभाका उम्मेद्वार केशरमान रोकाले देशभरीनै लोकतान्त्रिक बाम गठबन्धन गरेको बताउदै यो पाँच बर्षका लागि मात्र नभई लामो समयको लागि हुनुपर्ने र दुई–दुई पटक संसद विघटन गर्दा यो अवस्था आएको समेत बताउनु भयो ।

त्यस्तै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला इन्चार्ज राज बहादुर बुढाले लोकतन्त्रको रक्षा,संविधानको रक्षा,स्थायित्व सरकारको निमार्ण गर्नको लागि लोकतान्त्रिक बाम गठबन्धन गरेको समेत बताउनु भयो । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सदस्य हित बहादुर रोकाले देश विकासको लागि लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनु भयो ।
नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले आगामी मंसिर ४ गतेको आम निर्वाचनमा आफ्नो अमुल्य मत दिएर निर्वाचित गराउनुपर्ने समेत बताउनु भयो ।

 

- Advertisement -
Ad image

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य तथा थबाङ गाउँपालिकाका इन्चार्ज दिनेश रोका मगर मौसमले पहिलो चुनाव भन्दा यो चुनावमा धेरै मत खसालेर बिजय गराउनुपर्ने समेत र आफ्नो मन देखि मतदान गर्न समेत आग्रह गर्नु भएको छ ।
राष्ट्रिय जनमोर्चा रोल्पाका सचीव डम्बर खड्काले रोल्पामा लोकतान्त्रिक बाम गठबन्धन पहिलो भएको बताउदै रोल्पाले धेरै दुःख पाएको समेत बताउनु भयो साथै उहाँले संसदलाई आधा कार्यकालमै समाप्त गर्न खोज्दा संयुक्त पाँच दलीय गठबन्धन गरेको र सँगै चुनावमा होमिएको समेत बताउनु भयो ।

 

विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुक बहादुररोकाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा, १२ बुदे शान्ति सम्झौता लगायतका कामलाई पुरा गर्नको लागी लोकतान्त्रिक बाम गठबन्धन गरेको बताउदै, स्वतन्त्र उम्मेद्वारले पार्टीको सल्लाह बमोजीम उम्मेद्वारी दिएको हुँ भन्नू गलत भएको समेत बताउनु भयो । साथै कार्यकर्ता मतदानहरुलाई स्वतन्त्रको पछाडी नलाग्न समेत आग्रह गर्दै लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन समेत आग्रह गर्नु भएको छ । जसरी स्थानीय तहलाई सफल बनाउन लाग्नु भयो त्यसरी नै प्रतिनिधि सभा र प्रदेश सभालाई पनि त्यसैगरी सफल बनाउन समेत आग्रह गर्नु भएको छ । चुनावी सभा कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनमा आबद्ध नेता कार्यकर्ता लगाएत सर्बसाधारण नागरिकहरुको समेत सहभागीता रहेको समेत आयोजकले जानकारी दिएको छ ।

चुनावी सभाको संचालन लोकतान्त्रिक बाम गठबन्धन संयुक्त चुनावी सभा कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र रोल्पा क्षेत्र नं.१ ख का इन्चार्ज तथा लोकतान्त्रिक बाम गठबन्धनका निर्वाचन परिचालन समिति रोल्पा क्षेत्र नं.१ ख का उप–संयोजक निमकान्त डाँगीले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया दिनुहोस्