Ad image

रोल्पाका व्यापारीहरुले प्रजिअ मार्फत बुझाए अर्थ मन्त्रालय र गर्भरनरलाई ज्ञापन पत्र

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

लोकेन्द्र चन्द /मालश्री खबर, कार्तिक २३ रोल्पा ।

बैंक र बित्तीय संस्थाहरुले चर्को व्याजदर असुली गरेको भन्दै रोल्पाका व्यापारीहरुले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरबार काठ्माण्डौ र नेपाल राष्ट्र बैंकका गर्भरनर लाई संबोधन गरेर ज्ञापन पत्र बुझाएका छन् । रोल्पा उद्योग बाणिज्य संघको अगुवाइमा रोल्पा जिल्ला भरमा बिभिन्न व्यावसायी गर्ने व्यावसायीहरुको सहभागीता रहेको थियो । बैंक तथा बित्तीय समस्या समाधानार्थ शान्तिपुर्ण बिरोध ¥याली तथा ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम लेखिएकोे व्यानर, मनपरी प्रिमियर बन्द गर, ब्याज दरमा स्थिरता देउ, गरीखाने मर्दैछ सरकारको राजस्व घट्दैछ , बैंकिङ आतङ्क बन्द गर जस्ता लेखिएका प्ले कार्ड सहित लिबाङ बजार परिक्रमा गरि जिल्ला प्रसासन कार्यालय रोल्पामा पुरेर ज्ञापन पत्र बुुझाएको रोल्पा उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

ज्ञापन पत्रका भनिएको छ । विश्वव्यापी रुपमा कोभिडको प्रभावले तहसनहस भएको निजी क्षेत्र सामान्य चलायमान हुन लागेको अवस्थामा एक्कासी गरिएको कर्जा ब्याजदरमा बृद्धि एवम् नेपाल राष्ट्र बैकले चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा गरिएको ब्यवस्थाप्रति रोल्पा उद्योग वाणिज्य संघ लगायत रोल्पाली आम जनताहरुको गम्भीर ध्यानाकर्षण भएको छ । उद्योग व्यापार व्यवसायमा आएको मन्दी सँगै हुन गएको तरलताको अभावले समस्या झेलिरहेको निजी क्षेत्रलाई उत्साहित लगानी मैत्री वातावरण सिर्जना गर्नुको साटो उद्योगी व्यवसायीहरुमाथि आहत पुग्नेगरी एक पक्षीय ढङ्गले बैंक तथा वित्तीय संस्थाहरुबाट अनुचित रुपमा गरियको ब्याजदर बृद्धि फिर्ता हुनु पर्ने ज्ञापन पत्रका भनिएको छ ।

- Advertisement -
Ad image

 

एकल बिन्दुमा ब्याजदर कायम हुनुपर्ने ,बैंकहरुले विभिन्न शीर्षक मार्फत लिने सेवा शुल्क लगायत कुनै पनि शुल्क लिन नपाउने , कर्जाको ब्याजदर पुनः संरचनामा गरिदिनु पर्ने , विगतमा मौद्रिक नीति मार्फत दिएका छुटहरु कार्यान्वयन हुनुपर्ने , बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न शीर्षकका नाममा लिने सेवा शुल्क लगायतका कुनैपनि शुल्क दस्तुर लिन नपाईने व्यवस्था हुनुपर्ने, चालु पूँजी कर्जा खाताबाट कुनैपनि किस्ता साँवा व्याज तिर्न नपाईने व्ववस्था अव्यवहारिक भएको हुँदा किस्ता साँवा ब्याज तिर्न पाईने व्यवस्था हुनुपर्ने , चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीले चल्ती खाताबाट नभै खाताबाट नै नगद जम्मा तथा भुक्तानी गर्न पाउनु पर्ने , ऋणीको उद्योग व्यापार व्यवसायको सम्पूर्ण नगद कारोबार चल्ती खाता मार्फत गर्ने व्यवस्था भएकोमा नगद कारोबार कर्जा खातामा नै जम्मा गर्ने व्यवस्था हुनुपर्ने , कर्जा लगानी गरेपश्च्यात कम्तीमा एक वर्षसम्म ऋणीको सहमती विना व्याजदरमा बृद्धि गर्न नहुने , बैंकहरुले अगाडि बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्ने लगाएतका १० बुदे माग राखेका छन् ।

आफुहरुको मागको बोधार्थ, नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौ, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, बुटवल, अध्यक्षज्यू, जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु सबैलाई दिएकोे समेत बताइएको छ । ज्ञापन पत्र अर्थ मन्त्रालय सिंहदरबार काठमाण्डौ र नेपाल राष्ट्र बैंकका गर्भरनर लाई पठाउनको लागी रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका कोषाध्यक्ष बसन्ता आचार्यले प्रमुख जिल्ला अधिकारी नबराज सापकोटालाई बुझाउनु भएको थियो । ज्ञापन पत्र बुझाउने कार्यक्रमको सहजिकरण रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका सचिव साजन थापाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array