Ad image

संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था लिउनमा केपि वलीकोे कुनै भुमिका छैन् -अमरसिंह पुन

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
5 Min Read
Aa

मालश्री खबर, कार्तिक २३ रोल्पा ।
संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था लिउनको लागी केपि वलीको कुनै पनि भुमिका नभएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन बाट रोल्पा क्षेत्र नं.१ प्रदेश सभा २ (ख) का प्रदेश सभा सदस्य प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले बताउनु भएको छ । लोकतान्त्रिक बाम गठबन्धनको साझा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मंगलबार परिबर्तन गाँउपालिकाको बागमारामा यस्तो कुरा बताउनु भएको हो । नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था आँउछ भन्नु र बयल गाडामा चलेर अमेरीका जान्छु भन्नु उस्तै हो भन्ने मान्छे कसरी राष्ट्रबादी हुन सक्छ भनेर प्रतिक्रिया नेता पुने जिज्ञासा राख्नु भयो । यो व्यवस्था गठबन्धन अहिलेका लोकतान्त्रिक बाम गठबन्धनमा रहेका सबै दलहरु मिलेर ल्याएको व्यवस्था परिबर्तनकै कारण परिबर्तन गाँउपालिका बाट उपराष्ट्र पति, मन्त्री, जिल्ला समन्वय समिती को प्रमुख जस्तो महत्वपुर्ण स्थानमा पुग्नु पनि एक प्रकारको उपलब्धी भएको नेता पुनले बताउनु भयो ।

 

अहिले मानिसहरु कांग्रेस र माओबादी कसरी मिल्न सक्छन् भनेर प्रतिक्रिया दिँदा आफुलाई अनौठो लाग्ने गरेको समेत प्रतिक्रिया दिन भयो । कांग्रेस माओबादी आज होइन जहिले १२ बुदे सहमती गरे त्यहिले नै मिली सकेको बतादै नेता पुनले अब कांग्रेस र कम्यनिष्ट भन्दा पनि राष्ट्रबादी शतिm एक ठाँउमा हुने समय आएको बताउनु भयो ।
अहिले पनि आफु अन्वलमा भएको बताउनु भयो हिजो शेर बहादुर देउवा र प्रचण्ड ठुलो एक अर्कालाई दुस्मनको रुपमा लिएर लडे, लडाए , उनिहरु अहिले सँग छन् । तर तल्लो स्तरमा अझै किन एक हुन सकेको छैन् त्यसैले हिजो जो बाट जे गल्ति नहुनु थियो भयो अब बिगतको सबै कुरा बिशिएर एक भएर गठबन्धनको पक्षमा सबै नेता कार्यकर्तालाई अनुरोध समेत गर्नु भएको छ ।

- Advertisement -
Ad image

रोल्पा रुकुमले परिवर्तनको लागि संघर्ष,योगदान,त्याग तपस्या गरेको समेत उल्लेख गर्नुभयो । हिजो माओवादी र कांग्रेस वर्ग दुश्मन जस्तो ब्यावहार थियो आज त्यो संस्कार बाट माथी उठेर देशमा स्थायित्वको अमन चयन गराएको समेत बताए।देशको परिवर्तनका २०५२ साल देखि महान जनयुद्ध सुरु भएको र २०६२÷०६३ सालमा कांग्रेसको नेतृत्वमा शान्ति सम्झौता भएर देशमा शान्तिपूर्ण वातावरण बनेको समेत बताए ।
साथै माओवादीले कांग्रेसलाई भोट हाली सकेको र कांग्रेसले पनि माओवादीलाई भोट हाली सकेको समेत बताए । पुनले भने–संविधान बनाउन सफल भयौं, शान्ति सुरक्षा कायम गरियौं, चुनाव बनाउन सफल भएको समेत बताए । यो देशको समृद्धि, शिक्षाको पछी छ रोल्पा, सडग पुर्वाधारमा अझै सोचेको जस्तो विकास भएको छैन । हिजोका दिनमा भएका मुद्दाहरु नेपाली कांग्रेस र माओवादीको सहकार्यमा अगाडि बढेको समेत जिकिर गर्नु भएको थियो ।

पुनले भन्नुभयो– देशमा रोजगारको अवसर नभएर युरोप तथा खाडी मुलुकमा जानुपर्ने बाध्यता रहेको र देशमै बसौं बसौं भन्ने खालको वातावरण बनाउनु पर्ने अवस्था आएको समेत बताए।रोल्पाको विकास र समृद्धिका लागि प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय उप–महासचिव बर्षमान पुन मगर(अन्नत) र प्रदेश सभामा रोल्पा क्षेत्र नं.१(ख) बाट अमरसिंह पुनलाई मतदान गरि बिजय गराउन समेत आग्रह गर्दै प्रतिनिधि सभाका समानुपातिक तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरुलाई बिजय गराउन समेत आग्रह गर्नु भएको छ । पछाडि परेका रोल्पा समस्याहरुलाई एक ठाउँमा उभिएर उठाउने समेत बताए।परिवर्तन गाउँपालिकाका बासीलाई मङ्सिर–४ मा आफ्नो अमुल्य भोट दिएर जिताउन समेत आग्रह गर्नु भएको छ ।

लोकतान्त्रिक बाम गठबन्धनका संयुक्त चुनावी सभा कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संघीय सरकारका निवर्तमान शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती मगरले । हिजोको लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको समेत बताए । आज आएर संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनले गर्दा आज संविधान,सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेको बताउदै, आज ७ वटा प्रदेश र ७५३ पालिका स्थापना भएको समेत बताए । अहिले कुनै पनि काम राजनीतिक दलको भनसुनमा हुने भन्दै त्यसको अन्त्य हुनुपर्ने समेत बताउनु भयो ।
रोल्पाले परिवर्तनको लागि ठूलो योगदान पु¥याएको र यहाँका शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, खानेपानी, लगायतको विकास गर्नुपर्ने आवश्यक रहेको बताए । हामी शान्ति प्रक्रियामा आउँदा रोल्पामा सडकहरु थिएन्न, गाउँ गाउँमा बाटोहरु थिएन्न । अहिले धेरै विकासको अनुभूति भएको छ । अब रोल्पाका सडकहरु स्तर उन्नति गर्नु जरुरी रहेको समेत बताउनु भयो । अब रोल्पाली जनताको हरेक समस्या हल गर्नको लागी बिजय हुने उम्मेद्वारले ध्यान दिनुपर्ने समेत नेता पुनले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

Array