Ad image

रहेनन् रोल्पाका ‘जिउँदो इतिहास’ आचार्य, नयाँ जिल्ला स्थापनादेखि शैक्षिक विस्तारसम्म योगदान

मालश्री खबर
मालश्री खबर २३ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २३ रोल्पा ।

 

रोल्पा जिल्लाको स्थापना कालका साक्षी तथा योगदानकर्तामध्येका एक चिन्तामणि आचार्यको निधन भएको छ । रोल्पाको ‘जिउँदो इतिहास’का रुपमा चिनिदै आउनु भएका समाजसेवी आचार्यको मंगलबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

दमको रोगसँग जुुधिरहनु भएको आचार्यको उपचारको क्रममा लिवाङमा निधन भएको हो। बुधवार बिहान श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रमपश्चात धाङ्सी खोलामा पार्थिव सरीरको अन्त्यष्टी गरिएको छ ।

- Advertisement -
Ad image

राणाकालमा नेपाललाई ३७ जिल्लामा विभाजन गरिएको थियो । राणाहरूले केन्द्रबाट सबै कार्य र गतिविधिहरुको निर्देशन गर्दथे । वि। सं। २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्ला विभाजन गरियो । यसअघि प्युठान जिल्लामा रहेकोमा २०१८ सालपछि नयाँ जिल्लाका रूप रोल्पा जिल्ला बनेको इतिहास छ ।

जिल्ला स्थापनामा मुख्य भूमिका खेलेका खडानन्द सुवेदीका सारथीको रुपमा आचार्यले भूमिका निभाउभु भएको थियो । रोल्पाको पहिलो प्रकाशित कृषि चेतनलहरी प्रकाशन गर्न भारत पुगेको लगायतका आचार्यको थुप्रै योगदानहरु रहेका छन् ।

मुख्य गरी रोल्पा जिल्लाभर विद्यालयहरु खोल्न मुख्य भूमिका खेलेका आचार्यले रेडक्रस लगायतका समाजिक संस्थाको नेतृत्व गरिसक्नु भएको आचार्यले रेडक्रम लगायतका सामाजिक संस्थाहरुलाई जग्गादानसमेत गर्नु भएको थियो ।

रोल्पा जिल्लाको एतिहासिक विषयमा जानकारी लिने मुल स्रोतकै रूपमा रहेनु भएका आचार्यको निधनपश्चात जिल्लाका नागरिकले ‘जिउँदो इतिहास’को अवसान भएको भन्दै सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

 

लुम्बिनी सञ्चारबाट

प्रतिक्रिया दिनुहोस्

Array