Ad image

नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्न खोज्ने केपि ओलि विरुद्ध गठबन्धन भएको हो – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २१ कार्तिक २०७९, सोमबार
6 Min Read
Aa

भरत नेपाली / मालश्री खबर, कार्तिक २१ रोल्पा ।
नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्न खोज्ने केपि ओलि विरुद्ध ४ दलिय गठबन्धन गरेको रोल्पा क्षेत्र न १ (क) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जोख बहादुर महराले बताउनु भयो । आज सुनिलस्मृती गापा –८ अरेसको लिस्ने लोकतान्त्रिक युवा क्लवको १६ औं वार्षिकोत्सव समारोहको कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै महराले सो कुरा बताउनु भएको हो ।

त्यस्तै महराले मसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको बताउदै देश , सबिधान, र ब्यबस्थाको रक्षा नहुदा सम्म यो गठबन्धन कायमै रहने बताउनु भयो । केपि ओलि जस्ता कचेराहरुलाइ तह लगाउनको लागि गठबन्धन बनेको बताउदै निर्वाचन पछि त्यस्ता कचेरा सफा हुने बताउनु भयो । मसिर ४ पछि सघ र प्रदेश को सरकार निर्माण गर्नको लागि तपाईहरु सामु भोट माग्न आएका छौ , त्यसैले तपाईहरुले कुनै हिज किचाओडका साथ भोट हाल्नको लागि महराले अनुरोध गर्नु भयो। त्यस्तै महराले प्रतिगमन लाई प्रास्त नहुदा सम्म बाम लोकतान्त्रिक गठबन्धन कायमै हुने बताउदै देशमा भएको बिकास हामिले गरेको र चुनाव जितेमा समृद्ध समाज निर्माण गर्न र कृषि, पर्यटन जस्ता क्षेत्रको बिकास गरि रोजगारको सृजना गर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी माओबादि केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिती सचिव पुरण के.सि ले लिस्ने युवा क्लवले समाज बिकास गर्न ठुलो भुमिका निर्वाह गरेकोमा शुभकामना दिदै केसिले अहिले देश निर्वाचन मय भएकोले हामी भोट माग्नको लागि तपाईहरुको आएको छौ, बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार लाई भोट दिनु हुने छ भन्ने आसमा नेकपा माओवादी केन्द्र रहेको बताउनु भयो ।

- Advertisement -
Ad image

प्रत्यक्ष अन्तरगत सघमा साझा उम्मेदवार वर्षमान पुन लाई गोलाकार भित्रको हसिया हथौड़ामा , निर्वाचन क्षेत्र १ क मा जोख बहादुर महरालाइ गोलाकार भित्री को हसिया हथौड़ा मा क्षेत्र न १ ख मा अमरसिंह पुनलाइ रुख चिन्हमा मतदान गर्नको लागि अनुरोध गर्नु भयो । कार्यक्रम मा क्षेत्र न १ (क) निर्वाचन परिचालन समितिका सयोजक आस बहादुर पुनले तपाई हामीले भोट हालेर ठुलो मान्छे बनाइ के.पि ओलि लाई संसदमा पठायौ त्यो उनलाइ पच्य नभएकोले दुई दुई पटक ससद विघटन गरे त्यसको विरुद्धमा गठबन्धन गरेको बताउदै मसान घाट पुगेको राजालाइ केपि ओलि र उनी हरुको गठबन्धनले बचाउ खोज्ने विरुद्ध हामी बाम लोकतान्त्रिक गठबन्धन गरि निर्वाचनमा आएको बताउनु भयो ।

त्यस्तै पुनले अढाइ सय वर्ष देश खायका राजाहरुले आफू र आफ्नो परिवारको लागि मात्र बिकास गरेका थिए, देशमा शान्ती प्रक्रिया पछि जनताको पक्षमा हामिले मात्र बिकास गरेको जिकिर गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सह सचीव गन्ज क्षेत्रीले अल्प बिकसित हाम्रो देश बिकास गर्न को लागि देशका सबै तह र तप्का लाग्नु पर्ने बताउदै । लिस्ने लोकतान्त्रिक युवाक्लवले समाज बिकासमा लागेकोमा प्रशंसा गर्नु भयो ।

त्यस्तै क्षेत्रीले ५÷६ महिना अघि मात्र म यो स्थानमा गाउँपालिकाका अध्यक्षको लागि नेपालि कांग्रेसको रुख चिन्हमा भोट माग्न आएको थिय अहिले म तपाईंहरुको सामु गोलाकार भित्र हसिया हथौड़ामा भोट हाल्नु भन्न आएकोमा तपाईहरुलाइ अचम्म लागेको होला । देशमा सबिधानको रक्षा, दिगो शान्ती, राजनीति स्थिरताको लागि हामी यसरी आएको बताउदै काङ्ग्रेस र माओवादी नभनी नहिज किजाइ बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार जोख बहादुर महरालाई गोलाकार भित्रको हसिया हथौड़ामा ढुक्क साथ भोट हाली बिजय गराउन अनुरोध गर्नु भयो ।

 

अतिथी अनेरास्ववियु क्रान्तिकारिको केन्द्रिय उपाध्यक्ष तुकमान महारा रोल्पाको चुनावी इतिहास हेर्ने हो भने पन्चयत काल देखि बहुदल सम्म बालाराम घर्तीमगर लाई जितायका थियौ । शान्ती प्रक्रिया पछि कृष्ण बहादुर महारा, जयपुरी घर्ती,वर्षमान पुन, हालका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लाई यहाँ बाट भोट हाली बिजय गरायका थियौ । अहिले हामी बाम लोकतान्त्रिक गठबन्धन गरि साझा उम्मेदवार लिइ निर्वाचनमा आएकोले गोलाकार भित्रीको हसिया हथौड़ामा भोट हाल्नु होला यदि तपाईं हरुले सुर्य चिन्हमा भोट हाल्नु भयो भने के.पि ओलिले छ महिनामा ससद विघटन गर्ने भएकोले जनताहरु अहिले नै सचेत हुन अनुरोध गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै रोल्पा प्रदेश सभा समानुपातिक उम्मेदवार मिना बुढामगरले देशमा राना शासन, पन्चायतकाल र राजा फाल्नको लागि नेपालका ठुला र देश प्रेमी पाटिहरु बाट नै सम्भब भयको बताउदै ले अहिले पनि संविधान र सङ्घिय लोकतन्त्र अन्त्री गर्न खोज्ने केपि ओलि को कदमको विरुद्धमा बाम लोकतान्त्रिक गठबन्धन गरि निर्वाचनमा आएकोले गोलाकार भित्रको हसिया हथौड़ामा भोट हाली गठबन्धन लाई बिजय गराउनको लागि अनुरोध गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै लुङ्ग्री गाउँपालिका अध्यक्ष भरत थापाले संविधान , लोकतन्त्र बचाउने राजनीतिक दलका उम्मेदवार लाई चिनेर तपाईं हरुले भोट हाल्नु भयो भने यस ठाँउको बिकास गर्न सहज हुने बताउनु भयो । हिजो सुलिचौर बाट पैदल हिडेर आउनु पर्ने, अध्यारोमा बस्नु पर्ने अरेसमा अहिले गाडी चल्ने र उज्यालोको लागि बत्ती बलेको छ । यो सबै परिवर्तन दस वर्षे जनयुद्धको कारणले सम्भब भएको बताउनु भयो । अहिले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तपाईंहरु सामु आएकोले निर्वाचनमा उनिहरुलाइ जिताउन तपाईहरुको ठुलो भुमिका हुनु पर्नेमा जोड गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सह सचीव गन्ज क्षेत्रीले अल्प बिकसित हाम्रो देश बिकास गर्न को लागि देशका सबै तह र तप्का लाग्नु पर्ने बताउदै ।
क्लवका कोषाध्यक्ष लङक बहादुर घर्तिमगर को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममाको अध्यक्षता क्लवका अध्यक्ष मेघ बहादुर घर्तीमगर गर्नु भएको थियो भने कार्यक्रमको संचालन सुदर्शन पुनमगरले गर्नु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array