Ad image

निर्वाचनमा कुनै अप्रिय घटना हुन नदिन रोल्पाको सुरक्षा हाई अलटमा छ – प्रजिअ सापकोटा

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक २० रोल्पा ।
आगामि मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी रोल्पा जिल्लाको सबै सुरक्षा निकायलाई हाई अलट अबस्थामा रहन निर्देशन गरि सकेको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनु भएको छ । आइतबार जिल्ला निर्वाचन कार्यालय रोल्पाको आयोजनामा निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक जिल्लाका पत्रकारहरु सँगको अभिमुखिकरण कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको प्रमुख जिल्ला अधिकारी सापकोटाले यस्तो कुरा बताउनु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले निर्वाचनलाई शान्ति पुर्ण तरिकाले निष्पक्ष रुपमा भयरहित वातावरणमा सम्पन्न गर्नको लागी सुरक्षालाई उच्च सर्तक बनाएर राखेको बताउनु भएको छ । निर्वाचनलाई सफल बनाउनको लागी संचारकर्मिहरुको पनि महत्व पुर्ण भुमिका हुने भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले संचारकर्मिहरु लाई सहयोगको लागी आग्रह गर्नु भएको छ । सञ्चारकर्मिहरुले सत्यमा रहेर वास्तबिक कुरा बाहिर ल्याउन सकेमा मात्र पनि ठुलो सहयोग पुग्ने भएको हुनाले सबै पत्रकारहरुलाई सत्यमा टेकेर समाचार लेख्न सुझाब दिनु भएको छ ।

बिगतको निर्वाचनमा कर्मचारी व्यवस्थापनमा सामान्य समस्या आएको कुरा बताउदै, यस पटक भने कुनै समस्या नआउने कुरा बताउनु भएको छ । कर्मचारी व्यस्थापनको सबै जिम्मा प्रमुख जिल्ला अधिकारी सँग भए पनि अघिल्लो स्थानीय निर्वाचनमा अरुकै कारणले केहि सामान्य समस्या आएको कुरा समेत बताउनु भयो । यस पटक भने आफुलाई आएको निर्देशन अनुसारनै संघ, प्रदेश, स्थानिय तहका कर्मचारी र स्थायी शिक्षकहरु परिचालन हुने बताउनु भयो ।

- Advertisement -
Ad image

यहि स्थायी कर्मचारीहरु अपुग भएमा करारका कर्मचारीलाई पनि खताउने प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनु भयो । यस पटको निर्वाचनमा बिगतको भन्दा मंसिर ४ गते निर्वाचनको दिनुमा सवारी साधन संचालनमा कडाई गरिने बताउनु भएको छ । बिगतको समयमा बेलुकि ५ बजे नै सवारी साधन संचालनमा खुल्ला गर्दा केहि समस्या आएको हुनाले आफु त्यसो गर्ने पक्षमा नभएको बताँदै सापकोटाले जिल्ला बाहिरीने सवारी साधनलाई ३ गते देखिनै बन्द हुने बताउनु भएको छ । रोल्पा अहिले सम्म सामान्य बाहेक कुनै पनि प्रकारको सुरक्षा चुनौती नदेखिएको समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array