Ad image

गठबन्धनले जिते मात्र संबिधानको रक्षा हुन्छ – जोख बहादुर महरा

मालश्री खबर
मालश्री खबर २० कार्तिक २०७९, आईतवार
4 Min Read
Aa

भरत नेपाली / मालश्री खबर, कार्तिक २० रोल्पा ।

गठबन्धनले जिते मात्र संबिधानको रक्षा हुने नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले बताउनु भएको छ । आइतबार सुनिल स्मृती गाउँपालिकाको वडा न. १ घोडागाँउमा प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ को चुनावी सभालाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा पुग्नु भएको महराले यस्तो कुरा बताउनु भएको हो ।

महराले यो गठबन्धन चुनाब को लागि मात्र नभै संविधान रास्ट्रको रक्षा गरि संघिय लोकतान्त्रिक गणतन्त्र जोगाउनको लागी गठबन्धन बनेको बताउदै प्रतिगामी हर्कत लाई अन्त्य गर्न को लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउनु भयो । त्यस्तै महराले २००७ सालमा नेपाली कांग्रेसको आन्दोलनले राना शासनको अन्त्य गरेको र माओवादीको दस वार्षिय जनयुद्धले राजतन्त्र अन्त्य गरि नेपालमा संघिय गणतान्त्रिक संबिधानको निर्माण गरेको बताउनु भयो ।

- Advertisement -
Ad image

आँउदो मसिर ४ मा हुन लागेको सघ र प्रदेशको चुनाब लाई अन्य चुनाब जस्तो नभएको बताउदै गठबन्धनले जितेमात्र संविधान, रास्ट्र र सङ्घिय लोकतान्त्रिक गणतन्त्र जोगिने छ, होइन भने देश खतरामा पर्ने बताउनु भयो । जब—जब देश सङकटमा पर्छ त्यति बेला देश जोगाउने पाटिहरु बिच गठबन्धन बन्दछ । त्यस्तै जहिले सम्म देश, संविधान र जनता सुरक्षित हुदैन तब सम्म यो गठबन्धन कायमै रहि रहने बताउनु भयो । रोल्पामा हामिले चिन्ने भनेकै प्रतिनिधि सभा सदस्यको लागि वर्षमान पुन,प्रदेश सभा क बाट जोख ब महरा, प्रदेश सभा ख बाट अमर सिह पुन नै गठबन्धनको आधिकारिक उम्मेदवार भयको र अन्य उम्मेदवार लाई गठबन्धनले नचिन्ने बताउनु भयो ।

हामिले चुनाब जितेमा जिल्लामा रोजगारी सृजना गर्नको लागि मास्टर पालन गरि लाग्ने बताउदै रोल्पामा प्रयटन,कृषिमा राम्रो सम्भावना रहेकाले यी कुरालाई प्राथमिकता दिने बताउनु भयो । सभाको अतिथी तथा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सहसचिब गन्ज क्षेत्रीले सभालसी सम्बोधन गर्दै स्थानीय तहको निर्वाचनमा हामी नेपाली कांग्रेसको लागि भोट माग्न आएका थियौ त अहिले गठबन्धन गरि निर्वाचन क्षेत्र (क) मा माओवादी केन्द्र का साझा उम्मेदवार जोख बहादुर महरालाइ गोला भित्र हसिया हथौड़ा मा निर्वाचन क्षेत्र (ख)मा बाम लोकतान्त्रिक गठबन्धनका सझा उम्मेदवार अमर सिह पुन लाई रुखमा भोट हाली गठबन्धन लाई बिजय गराउनको लागि अनुरोध गर्नु भयो ।

रोल्पा जिल्लामर एक काङ्ग्रेसले कुम जोडेको यो पहिलो हो त्यसकारण यो गठबन्धन सफल नै हुने बताउनु भयो । रोल्पामा गठबन्धन लाई प्रभाकारी गराउनको लागि पौसा तथा अन्य खर्च गर्नु भन्दा जनतालाइ सचेत गराउनु पर्ने बताउनु भयो । प्रदेश सभा क मा चुनाव जित्न त्यति धेरै समस्या नभयको बताउदै प्रदेश सभा ख मा स्वतन्त्र उम्मेदवार भए पनि त्यहाँ माओबादी हरु पनि गठबन्धन कै पक्षमा भएको ले अमर सिह पुन ले पनि सहज रुपमा चुनाव जिते पछि मात्र यो गठबन्धन सफल हुने बताउनु भयो ।

त्यस्तै भेलामा बोल्दै सुनिलस्मृती गापा निर्वाचन परिचालन समिती सयोजक रत्न महराले पालिकाको ८ वटा वडामा गठबन्धन को चुनावी सभाको तयारी भएको बताउदै ४ वटा मतपत्र मा भोटा हाली गठबन्धन का सझा उम्मेदवार लाई बिजय गराउन अनुरोध गर्नु भयो । सभामा नेपाली काङ्ग्रेसका केशबलाल कवर, माओवादी केन्द्रका नेता चेतन कवरले मन्तब्य राख्नु भएको थियो । गिरिराज कवरको अध्यक्षतामा भयको सभाको स्वागत मन्तब्य जनमोर्चा का बुद्धि बहादुर राउत ले गरेका थिए भने संचालन मान ब थापाले गर्नु भएको थियो ।

  

प्रतिक्रिया दिनुहोस्

Array