Ad image

संविधान रक्षाकोे लागी गठबन्धनले जित्नु पर्छ —बर्षमान पुन

मालश्री खबर
मालश्री खबर १९ कार्तिक २०७९, शनिबार
7 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक १९ रोल्पा ।विधानको रक्षा गर्न लागी गठबन्धन जित अपरिहार्य भएको नेकपा माओबादि केन्द्रका उपमहासचिव एंव गठबन्धनका प्रतिनिधि सभाका साझा प्रत्यक्ष तर्फका उम्मेदवार बर्षमान पुनले बताउनु भएको छ । लोकतान्त्रिक वाम गठबन्धन रोल्पाले आज रुन्टीगढी गाउपालिकाले शनिबार संयुक्त आयोजना गरेको चुनावि आम सभामा पुनले यस्तो कुरा बताउनु भएको हो । राजनितिक स्थायित्व कायम गर्नको लागी यो गठवन्धनको सरकारले निर्णयक भुमिका खेल्नेमा दुइमत नदेखिएको कुरा प्रस्ट पार्नु भयो ।

 

संविधानको रक्षा गर्दै सभ्य समाज निर्मान गर्न, जनताको हक हितको रक्षा तथा संवद्र्धन गर्न र समाजमा सुशासन कायम गर्नको लागी गठवन्धनको सरकार आवश्यकता रहेको औल्याउनु भयो । रोल्पा जस्तो विकट क्षेत्रमा अव सवै मिलेर अगाडि वढ्नु आजको आवश्यकता रहेको पुनले थप्नु भयोे । ‘विकासका विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा सम्पुर्ण जनता तथा अगुवाहरु मिलेर मात्र विकासका कार्यक्रम सम्भव हुने छ ’ उहाँले भन्नु भयो । गठवन्धनको सरकार पदको प्रलोभनले नभई सम्पुर्ण आर्थिक, भौतिक,नैतिक विकास र विस्तारका लागी रहेको वताउनु भयो । अवको सरकार भनसुनको सकार नभई सत्य तथ्य र निष्पक्ष ढगंवाट न्यायोचित रुपमा जनताको भावना अनुसार अगाडि वढ्ने कुरामा अधिक रहनु भयो ।

- Advertisement -
Ad image

नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच बर्ष अगाडी रुखमा मतदान गरि सकेको बताउदै नेता पुनले यो कुनै एक दुई जना व्यतिको स्वार्थको लागी मात्र गठबन्धन नभएको बताउदै, देशमा लोकतान्त्रिक व्यवस्था शान्ति र संबिधानको रक्षा एंव राजनितिक स्थायित्वको निम्ती भएको समेत बताउनु भएको थियो । रोल्पामा पहिलो पटक कांग्रेस कम्युनिष्ट एक ठाँउमा हुंदा कहि कतै अलि—अलि प्राबिधिक समस्या भएको कुरा स्विकारर्दै नेता पुनले यो समस्यालाई सबै गठबन्धनका नेता कार्यकर्ताले सजिल्यै बुझेर गठबन्धको पक्षमा एक भएर लाग्नु पर्ने समेत बताउनु भएको थियो ।

यसरी गठबन्धनको अभ्यास गरेको रोल्पामा पहिलो भए पनि देशमा गठबन्धनको अभ्यास गरेर थुप्रै स्थानमा सफल भएको बताउँदै नेता पुनले रोल्पामा पनि यस पटक भएको गठबन्धन पुर्ण रुपमा सफल हुने समेत बताउनु भएको थियो । यो गठबन्धन कुनै व्यति र जिल्लाले चाहेर मात्र नभएको हुनाले यो राष्ट्रको आवश्यकता अनुसार राष्ट्रिय स्तरमै भएको हुनाले रोल्पामा गठबन्धनका कुनै पनि दलले घाटा नाफो हिसाब नगरेर गठबन्धनको भाबना र मर्म अनुसार अगाडी बढ्न समेत सबै नेता कार्यकर्तालाई नेता पुनले निर्देशन दिनुभएको छ ।

भेलाला सम्बोेधन गर्दै नेकपा माओबादि केन्द्रका स्थायी कमिती सदस्य एंव गठबन्धनका रोल्पा प्रदेश सभा १ क का प्रत्यक्ष उम्मेदवार जोख बहादुर महराले गठबन्धन खाली चुनाव जित्नको लागी भएको भनेर नबुझ्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । अझै पनि देश प्रतिगमनकारीको खतरामा भएको हुनाले नै यो गठबन्धन भएको समेत नेता महराले बताउनु भएको थियो ।

आउँदो मसिर ४ मा हुन लागेको संघ र प्रदेशको चुनाब लाई अन्य चुनाब जस्तो नभएको बताउँदै महराले गठबन्धनले जितेमात्र संविधान, राष्ट्र र संघिय लोकतान्त्रिक, गणतन्त्र जोगिने बताउनु भएको छ । यदि यो गठबन्धले हा¥र्यो भने देश खतरामा पर्ने बताउनु भयो । प्रतिगामी गठबन्धनलाई परास्त गर्न अहिले हामी एक ठाँउमा आएको बताउनु भयो । हामी सबैको बिचार मिलेकाले नै देशमा ठुला ठुला परिवर्तन गरेको बताउदै । देशमा सबै भन्दा बढि योगदान गर्ने पाटि भनेकै नेपाली कांग्रेस र माओबादी पाटि भएको बताउनु भयो । देशमा आएको परिवर्तन कै कारण समानुपातिक समाबेशको आधारमा प्रतिनिधित्व गरेको ले यो ब्यबस्थापनको अन्त्य गर्नको लागि प्रतिगामी गठबन्धन गरेको बताउँदै त्यस्तो प्रतिगामी गठबन्धन लाई प्रास्त गर्न सबै जना लाग्नु पर्ने बताउनु भयो । जहिले सम्म देश, संविधान र जनता सुरक्षित हुंदैनन् तब सम्म यो गठबन्धन कायमै रहि रहने बताउनु भयो । रोल्पामा हामिले चिन्ने भनेकै प्रतिनिधि सभा सदस्यको लागि वर्षमान पुन, प्रदेश सभा क बाट जोख बहादुर महरा, प्रदेश सभा ख बाट अमरसिंह पुन नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको र अन्य उम्मेदवार लाई गठबन्धनले नचिन्ने बताउनु भयो । हामिले चुनाब जितेमा जिल्लामा रोजगारी सृजना गर्नको लागि मास्टर पालन गरि लाग्ने बताउदै रोल्पामा प्रयटन,कृषिमा राम्रो सम्भावना रहेकाले यी कुरालाई प्राथमिकता दिने बताउनु भयो ।

त्यस्तै गठबन्धनको साझा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एंव गठबन्धनका रोल्पा प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेदवार अमरसिंह पुनमगरले गठबन्धन दल भित्र बिगतमा भएको गल्ति कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनका उम्मेदवारलाई बिजय गराँउनको लागी सबै एक भएर जानु पर्ने बताउनु भएको थियो । रोल्पामा गठबन्धन पहिलो भए पनि यो प्रदेश र सिङ्गो देशमा कांग्रेस कम्यनिष्टको ग   ठबन्धन सफल भएको थुप्रै उदाहरण दिदै पुनले रोल्पामा पनि सफल हुने बताउनु भएको थियो । यतिखेर कसैले पनि गठबन्धनका उम्मेदवारहरुलाई कुनै पाटीको उम्मेदवारको रुपमा नलिएर सबै गठबन्धनको साझा उम्मेदवारको रुपमा लिउनु पर्ने बताउनु भएको थियो । कांग्रेस र माओबादी मिलेर यो देशको रक्षा गरेको उदाहरण दिदै नेता पुनले अब समृद्ध, राष्ट्र निमार्ण गर्न र शान्ति र संबिधानको रक्षाको लागी यो गठबन्धन सफल हुनु पर्नेमा जोड् दिनु भएको छ । समग्र रोल्पाको रुपान्तरण र राजनितीक तथा सामाजिक परिर्बतनको लागी रोल्पामा गठबन्धन दलका सबै नेता कार्यकर्ता एक भएर जानु पर्ने समेत नेता पुनले बताउनु भएको थियो ।
भेलामा गठबन्धन दलका संघ र प्रदेशका सामानुपातीक उम्मेदवारहरु, नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र रोल्पाका इन्चार्ज राज बहादुर बुढा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ती, नेकपा एकिकृत समाजबादि पाटीका पबित्रा घर्तिमगर, राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट लगाएत लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको भेलामा सहभागिता रहेको थियो । सभामा रुन्टिीगढी गाँउपालिकामा गठबन्धनको स्थानील लेबलमा अहिले सम्म हुने गरेको आस्थाको बारेमा नेपाली कांग्रेस रोल्पाका सदस्य पुर्णबहादुर घर्ति मगर र नेकपा माओबादी केन्द्र रुन्टिगढी गाँउपालिका अध्यक्ष गोबिन्द पुनले जानकारी गराउनु भएको थियो नेपाली कांग्रेस रोल्पाका पाटी सचिब शेरबहादुर थापाले जानकारी गराँउनु भएको छ ।
भेलामा लोकतान्त्रिक संयुक्त बाम गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धनका नेता एंव नेपाली कांग्रेस रुन्टिगढी गाँउपालिका उपसभापति उपेन्द्र सिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपा माओबादी केन्द्र रुन्टिगढी गाँउपालिका सचिब मिन बहादुर थापामगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array