Ad image

समाजमा स्वस्थ जनशक्ति भए मात्र, सभ्य समाज निमार्ण गर्न सकिन्छ -अध्यक्ष जनक पुन

मालश्री खबर
मालश्री खबर १८ कार्तिक २०७९, शुक्रबार
4 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर, कार्तिक १८ रोल्पा ।
समाजमा स्वस्थ जनशक्ति भए मात्र, सभ्य समाज निमार्ण गर्न सकिने रुन्टिगढी गाँउपालिका अध्यक्ष जनक पुनले बताउनु भएको छ । बिहिबार आई पास नेपालको आर्थिक सहयोगमा पास नेपाल रोल्पाले रुन्टिगढी गाँउपालिकाको जौलिपोखरी स्वास्थ्य चौकिमा आयोजना गरेको औषधीद्धारा गरिने सुरक्षित गर्भपटन सेवा संचालन तथा सुदृढिकरण कार्यक्रममा यस्तो कुरा बताउनु भएको हो । सुरक्षित गर्भपटन सेवालाई राज्यले कानुनी मान्यता दिइसके पछि सबैले यसलाई प्रभाबकारी बनाउनु पर्नेमा समेत जोड दिनु भएको थियो ।

अहिले पनि कति पय नागरिकले सरकाररी स्वास्थ्य संस्था बाट सुरक्षित गर्भको सेवा लिउदा गोप्यनीयताको बेला बेलामा प्रशन उठाने गरेको हुनाले सबै स्वास्थ्य कर्मिहरुले यस बारेमा ठुलो ध्यान पु¥याउनु पर्ने बताउनु भएको छ । आफु आफ्ना गाँउपालिका भित्रका सबै नागरिकहरु स्वस्थ राख्नको लागी सधै लाग्ने समेत अध्यक्ष पुनले बताउनु भएको छ । पहिले धेरै मान्छेले असुरक्षित गर्भ पटनको कारणले पनि अकाल्मै ज्यान गुमाएको अनुभब बताउदै अध्यक्ष पुनले अहिले पास नेपाल सुरीक्षत गर्भ पटनको क्षेत्रमा साह्रै राम्रो काम गरेर धेरै जनाको ज्यान बचाएकोे पास नेपाललाई धन्यवाद समेत दिनु भएको थियो । अहिले पनि स्वास्थ्यमा थुप्रै समस्या भएको बताउदै अध्यक्ष पुनले यो समस्या भने आफु स्थानिय सरकार प्रमुख भएर आँउनु भन्दा पनि पहिले देखि समस्या भएको बताउनु भएको छ । आफु निर्वाचित भएर आए पछि कर्मचारी व्यवस्थापन सँगै भौतिक पक्ष राम्रो बनाउनको लागी पहल गरिराखेको समेत बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले जहिले पनि आफुले गर्ने काममा सधै इमान्दार र बफादा भएर काम गर्नु पर्नेमा स्वास्थ्य कर्मिहरुलाई आग्रह गर्नु भएको छ । स्वास्थ्य कर्मिहरुको एउटा सानो कम्जोरीले कसैको अकालमा ज्यान जान सक्ने भएको हुनाले सुजबुझका साथ काम गर्नु पर्नेमा समेत जोड दिनु भएको थियो । अहिले पनि सरकारी स्वास्थ्य संस्थाहरुमा गोप्यनियताको बारेमा आम नागरिकको बुझाई फरक रहेको कुरा बताउदै पोख्रेलले यो आफुहरुको लागी ठुलो चुनौतीको बिषय बनेको समेत बताउनु भएको थियो । त्यसैले स्वास्थ्यकर्मिहरुका लागी अर्को थप चुनौती सामानना गर्नुृ पर्ने अवस्था हरको बताउनु भयो । यस्तो आम नागरिकको बुझाईलाई हताउनको लागी पनि स्वास्थ्य कर्मिहरु थप गोप्यनियता र इमान्दार लायर लाग्न आग्रह गर्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमकै अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगीले चाहेमा गर्न सकिने र यो समाजको परिबर्तन गर्न सकिने भएको हुनाले सबै मिलेर लाग्नु पर्ने बताउनु भएको थियो । स्वास्थ्य झन अति संवेदनशिल क्षेत्र भएको हुनाले स्वास्थ्य क्षेत्र मात्र नभएर स्थानिय सरकार पनि गम्भिर भएर लाग्नु पर्नेमा सुझाब दिनु भएको थियो ।

कार्यक्रममा रुन्टिगढी गाँउपालिका उपाध्यक्ष सरिता केसि, रुन्टिगढी गाँउपालिका प्रमुख प्रसासकिय अधिकृत रेमन्त डाँगी, रुन्टिगढी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द, पास नेपाल रोल्पाकि कार्यक्रम संयोजक ममता खत्री, राल्पाकि च्यामपीयन पास नेपाल उमा केसि लगाएतको कार्यक्रममा सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । आइ पास सँगको साझेदारीमा पास नेपाल रोल्पाले रोल्पा जिल्लाको थबाङ स्वास्थ्य चौकी, उवा स्वास्थ्य चौकी, तालाबाङ स्वास्थ्य चौकी, दुर्बिङ स्वास्थ्य चौकी, जौलेपोखरी स्वास्थ्य चौकी, गुम्चाल स्वास्थ्य चौकि कुरेली स्वास्थ्य चौकी, घर्तिगाउँ स्वास्थ्य चौकी, गैरीगाउँ स्वास्थ्य चौकी, जिनाबाङ स्वास्थ्य चौकी, बडाचौर स्वास्थ्य चौकी, पोबाङ स्वास्थ्य चौकी, मसिना स्वास्थ्य चौकि, लिबाङ स्वास्थ्य चौकी, होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र र रोल्पा अस्पताल रेउघा रोल्पाबाट समेत सुरक्षित गर्भ पटन सम्बन्धी सेवा दिइ राखेको पास नेपाल रोल्पाकि कार्यक्रम संयोजक ममता खत्रीले जानकारी दिनु भयो ।
रुन्टिगढी गाँउपालिका वडा न. २ का वडा अध्यक्ष भिमलाल पुनको अध्यक्षताको भएको कार्यक्रमको संचालन रुन्टिगढी गाँउपालिका वडा न. २ मा रहेको जौलिपोखरी स्वास्थ्य चौकिका कार्यालय प्रमुख दिल बहादुर पुन मगरले गर्नु भएको थियो । कार्यक्रमका स्वास्थ्य कर्मि, आमा समहु, महिला स्वास्थ्य स्वयम सेबिका, लगाएको समेत सहभागिता रहेको थियो ।

    

प्रतिक्रिया दिनुहोस्