Ad image

रोल्पाका स्वतन्त्र उमेद्वार पुनमगरद्वारा प्रेस विज्ञप्ति जारी 

मालश्री खबर
मालश्री खबर १७ कार्तिक २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक १७ रोल्पा । प्रदेशसभा सदस्य रोल्पा १ (ख) का स्वतन्त्र उम्मेदवार दिपेन्द्र कुमार पुन ‘सिजल’ले रोल्पामा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित जस्तै भएपछि गठबन्धनका उम्मेदवारले दिनहुँ अनेकन भ्रम फैल्याउने कोसिस गरिरहेको हुँदा प्रचारबाजी भ्रमबाट मुक्त भएर धारा चिन्हमा मतदान गर्न मतदाताहरुमा अपील गरेका छन् ।उनले आज बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाताहरुमा यस्तो अपील गरेका हुन्। मैले गत असोज २३ गते पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएँ । त्यसपछि ‘धारा चुनाव चिन्ह’ लिएर जनताको बीचमा गएँ । मेरो शुभचिन्तक र आम मतदाताहरु अथाह उत्साह र जोश जाँगरका साथ स्वतःस्फूर्त प्रचारप्रसारमा जुटिराख्नुभएको छ । प्राविधिक रुपले मैले राजीनामा दिएता पनि नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिको आधारमा यो उम्मेदवारी दिएको हुँ । दिनभरि विभिन्न तहमा छलफल परामर्श गरी मैले स्वतन्त्र उम्मेदवारी दिने निश्कर्षका साथ अन्तिम समयमा मेरो उम्मेदवारी दर्ता भएको हो । यो मेरो व्यक्तिगत निर्णय मात्र होइन । तर आज कतिपयले आफ्नो छाला जोगाउन कसले के बोलिरहेका छन्, मलाई , थाहा छैन । मलाई यत्ति कुरा थाहा छ कि, रोल्पाको अनौपचारिक रुपले पार्टीपंक्ति र आम मतदाताहरु सबै स्पष्ट नै हुनुहुन्छ।


यसरी रोल्पा–१ (ख) मा मेरो विजय सुनिश्चित जस्तै भएपछि अनेकन भ्रम फैलाउने दिनहुँजस्तो कोशिस भइरहेका छन् । मेरो फोन ट्र्याक गर्ने, व्यक्तिगत फेसबुक आइडी ह्याक गर्ने र अन्य छद्म नामबाट फेसबुक आइडीहरु खोलेर मेरो व्यक्तिगत चरित्र हत्या गर्नेजस्ता कामहरु भइरहेका छन् । कहाँसम्म भने, मलाई कृतिम दुर्घटनामा पार्ने चर्चा समेत सुनेको छु । यद्यपि यो सत्य नहुन पनि सक्छ । यसैक्रममा गत तीनचार दिनदेखि मेरो व्यक्तिगत चरित्र हत्या गर्ने अर्को क्रम सुरु भएको छ । त्यो के भने, ‘मंसिर ४ गतेपछि विजयी भएपनि वा नभएपनि दिपेन्द्र कुमार पुन ‘सिजल’ नेकपा एमालेमा प्रवेश गर्दैछ । र त्यसको लागि नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग भेट गरी सहमति भइसकेको’ जस्ता कपोकल्पित भ्रम फैलाइएको छ ।‘स्वतन्त्र उम्मेदवारले नेकपा एमालेका संघीय सांसदलाई सहयोग गर्ने र नेकपा एमालेले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने जस्ता स्याल हुइया भ्रम फैलाइएको छ । यतिसम्म कि, ‘केपी ओलीले सिजललाई फोन गरेर एमालेको तर्फबाट आश्वस्त बनाइसकेको’ भन्ने अति निकृष्ट प्रचारबाजी समेत गरिएको छ । यी सबै आरोपहरुको सत्यतथ्य पुष्टि गर्न सम्बन्धित पक्षलाई कडा चुनौती दिँदै यी गलत आरोपहरुको जोडदार रुपले खण्डन गर्न चाहन्छु । यसरी आम मतदाताहरुलाई भ्रम सिर्जना गराएर कसैको निहित उद्देश्य पुरा हुने छैन । तसर्थ, सबैप्रकारका भ्रमबाट मुक्त भइ धारा चिन्हमा मतदान गरी मलाई अत्याधिक बहुमतले विजयी गराउनुहुन रोल्पा–१ (ख) का आम मतदाताहरुलाई हार्दिक अपिल गर्दछु । पुन द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array