Ad image

कांग्रेस र माओबादी मिलेर नै यो देशमा द्धन्द व्यवस्थापन भएको हो-अमरसिंह पुनमगर

मालश्री खबर
मालश्री खबर १५ कार्तिक २०७९, मंगलवार
5 Min Read
Aa

लोकेन्द्र चन्द  / मालश्री खबर, कार्तिक १५ रोल्पा ।
कांग्रेस र माओबादी मिलेर नै यो देशमा द्धन्द व्यवस्थापन , शान्ति सम्झौता र जनताको संबिधना निमार्ण गरेको बाम लोकतान्त्रिक गठबन्धन रोल्पा प्रदेश सभा २ ख का प्रत्यक्ष उम्मेदवार एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले बताउनु भएको छ । बाम लोकतान्त्रिक संयुक्त गठबनधन गंगादेब गाँउपालिका वडा न. २ र ३ ले मंलगबार सुख्खाओडारमा आयोजना गरेको सयुक्त आन्तरिक भेला यस्तो कुरा बताउनु भएको हो ।

 

 

- Advertisement -
Ad image

प्रमुख अतिथिको रुपमा पुग्नु भएको नेता पुनले कांग्रेस र माओबादी मिलेर यो देशको रक्षा गरेको उदाहरण दिदै नेता पुनले अब समृद्ध, राष्ट्र निमार्ण गर्न र शान्ति र संबिधानको रक्षाको लागी यो गठबन्धन सफल हुनु पर्नेमा जोड् दिनु भएको छ । समग्र रोल्पाको रुपान्तरण र राजनितीक तथा सामाजिक परिर्बतनको लागी रोल्पामा गठबन्धन दलका सबै नेता कार्यकर्ता एक भएर जानु पर्ने समेत नेता पुनले बताउनु भएको थियो । हिजोको दिनमा सबै बाट भएको गल्ती कम्जोरीलाई सबैले बिर्सिएर गठबन्धनको निर्णय र निर्देशन अनुसार लाग्नु पर्ने समेत नेता पुनले कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

रोल्पामा गठबन्धन पहिलो भए पनि यो प्रदेश र सिङ्गो देशमा कांग्रेस कम्यनिष्टको गठबन्धन सफल भएको थुप्रै उदाहरण दिदै पुनले रोल्पामा पनि सफल हुने बताउनु भएको थियो । यतिखेर कसैले पनि गठबन्धनका उम्मेदवारहरुलाई कुनै पाटीको उम्मेदवारको रुपमा नलिएर सबै गठबन्धनको साझा उम्मेदवारको रुपमा लिउनु पर्ने बताउनु भएको थियो । एउटै पाटीको नाममा पुर्ब र पश्चिमको सार्थि एक भएको उदाहरण दिदै नेता पुनले बिचार फरक भए पनि आखिर सबै रोल्पाली एउटै छिमेकि भएको बताउँदै एकले अर्कालाई खुलेर सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्तीमगरले हिजोको दिनमा रोल्पामा गठबन्धनको बिषयमा कुनै समस्या आएको भए पनि अहिले भने सामान्य बाहेक कुनै समस्या नआएको बताउनु भएको छ । गंगादेब गाँउपालिकामा गठबनधनकै बिचमा केहि समस्या भएको कुरा बताउदै नेता घर्तिले यसबारे गठबनधनमा धेरै चरणमा छलफल भएको हुनाले अब गंगादेबमा देखिएको समस्या सबै मिलेर तत्काल समाधान हुनेमा आफु बिस्वस्त भएको समेत बताउनु भएको थियो । अब बिगतमा सबै बाट भएका गल्टी कम्जोरीलाई बिर्सिएर एक भएर जान नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ ।

यो बिशिष्ट परिस्थितीमा भएको गठबन्धन किन र कसरी भयो भनेर राम्रो सँग बुझ्न र गठबन्धनको पक्षमा एक भएर लाग्न आम नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । यो देशमा आएको संकट पार लगाउनको लागी गठबन्धन भएको बुझ्न समेत आग्रह गर्नु भएको छ । यो देशमा कम्युनिष्ट र कांग्रेस मिलेर नै राणा सासण र राजालाई फाल्न सफल भएको बताउदै सबैलाई एक भएर गठबन्धनको पक्षका लाग्न निर्देशन दिनु भएको छ । जनताले आफै लेखेको संबिधानलाई र जनताको व्यवस्थालाई केहि निरंकुश र प्रतिगमनकारी तत्वले ध्वस्त पार्न खोजेको हुनाले त्यसको रक्षाको निम्ती पनि गठबन्धन गर्नु परेको र यो गठबन्धन सफल हुनु पर्ने नेता घर्तिले बताउनु भएको थियो । यो गठबन्धनले हारेमा जनताले आफै लेखेको संबिधानलाई र जनताको व्यवस्था ध्वस्तहुने भएको हुनाले पनि गठबन्धन भन्दा दाँया बाँया नर्गन नेता कार्यकर्तालाई निर्देशन गर्नु भएको छ ।

रोल्पाको प्रदेश सभा २ ख मा गठबन्धका आधिकारी उम्मेदवार बिरुद्ध आफ्नो पाटीका केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगर सिजलले पाटीको निर्देशन बिपरित बागी उम्मेदवार दिए पनि अहिले पाटीले नै साधारण सदस्य नरहने गरि कार्वाहि गरि सकेको हुनाले पुन अहिले नेकपा माओबादी केन्द पाटीको नेता नभएको समेत बताउनु भएको थियो । यो परिस्थितीमा पुनको पछि लाग्ने नेता कार्यकर्तालाई समेत कार्वाहि हुने भएको हुनाले पुनको पछि नलाग्न समेत नेता कार्यकर्तालाई निर्देशन गर्नु भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य एंव गंगादेव गाउँपालिका अध्यक्ष नरसिंड रानाको अध्यक्षताका भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सभाका समानुपातिक उम्मेदवार भक्त बहादुर वली, नेकपा माओवादी केन्द्रका प्रदेश परिषद् सदस्य भानसिङ घर्ती, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका सचिव शेर बहादुर थापा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचिवालय सचिव तेजकुमारी विष्ट लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी रोल्पाका जिल्ला सदस्य कृष्णबहादुर डाँगीले गर्नु भएको थियो । १४ गते गंगादेब गाँउपालिका वडा न. ६ र ७ को आयोजनामा सोहि अनुसारको कार्यक्रम राँकको ताप्ला बजारमा भएको समेत नेपाली कांग्रेस रोल्पाका सचिव शेर बहादुर थापाले जानकारी दिनु भएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array