Ad image

समाज परिवर्तन युवा समुह परिबर्तन ३ केवरीको नवौं बार्षिक उत्सव एक कार्यक्रमका बिच उद्घाटन

मालश्री खबर
मालश्री खबर १३ कार्तिक २०७९, आईतवार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर, कार्तिक १२ रोल्पा ।
समाज परिवर्तन युवा समूह परिवर्तन गाउँपालिका वडा न. ३ तल्लो केवरी रोल्पाको नवौं बार्षिक उत्सव आइतबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ । “समुन्नत समाज निर्माणमा युवा बुद्धिजीवी एकजुट भइ परिवर्तनका लागि निरन्तर अघि बढौं” भन्ने मुल नाराका साथ युवा समूहको नवौं बार्षिकोत्सव उद्घाटन भएको आयोजकले जानकारी दिएको छ । युवा समूहका अध्यक्ष शेर बहादुर बुढामगरको अध्यक्षमा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर रहनु भएको थियोे ।

कार्यक्रमको विशिष्ट अतिथिमा गणतान्त्रिक खेलकुद महासंघका केन्द्रिय महासचिव विनोद चन्द रहनु भएको थियो । उद्घाटन कार्यक्रममा परिवर्तन गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष खिम विक्रम चन्द, नेपाली कांग्रेसका परिबर्तन गाँउपालीका वडा न. ३ का उपसभापति रन बहादुर चन्द, नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका वडा न. ३ का अध्यक्ष दिपक बुढा मगर, नेपाल कम्युनिष्ट पाटी परिवर्तन गाउँपालिका सेक्रेटरी हिरालाल खड्का लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा आमा समूह, झाँकी समूह, पैसारु समूह लगायत व्यापारी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, सुरक्षाकर्मी पत्रकार लगायतको सहभागी रहेको थियो ।

 

- Advertisement -
Ad image

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले कार्यक्रम उद्घाटनको ब्यानर र दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्दै, देशले धेरै लामो समयको संघर्ष, बलिदान तथा त्यागले गर्दा संघीयता प्राप्त भएको बताए । परिवर्तन गाउँपालिका खेलकुद विकासको लागी तयार रहेको बताए ।

आफूहरू वडा स्तर देखि गाउँपालिका स्तरको खेलकुदको सरुवा हुने समेत बताउनु भयो । परिवर्तन गाउँपालिकाले खेलाडीहरुको बिमा गर्दिने समेत बताए । युवाहरुलाई चुनावमको समयमा मात्र प्रयोग गर्ने र कोहिले तरुण दल, कोहीले युथफोर्स र कोहीले वाइसीएल बनाउने गरेको बताउदै चुनाव सकिए पछि मतलब नगर्ने प्रवृत्ति हावी भएको समेत बताउनु भएको थियो । खेलकुद क्षेत्रमा त यो पार्टी म त्यो पार्टी नभनी सबै एक भएर खेलकुद विकासमा लाग्नु पर्ने समेत बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय महासचिव विनोद चन्दले परिवर्तन गाउँपालिकाले श्रम–डे राखेर जनतालाई श्रममा जोड्नु राम्रो भएको बताए । हिजो परिवर्तनका लागि हिडेका प्रचण्ड कहिले एमाले सँग कहिले कांग्रेस सँग साथ गात गरेको बताउदै, नेपाली कांग्रेसका युवा नेता गगन जस्ता नेताले अमेरिकी सेना आउँछ भन्दा आउदैन भन्नु भनेर बोल्नु गलत भएको समेत बताए ।

 

युवा समूहका सहसचिव विकास खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन युवा समूहका सल्लाहकार बिमल बुढा मगरले गर्नु भएको थियो । नवौं बार्षिकोत्सवमा साविकको वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल, स्लो बाइक रेस, एकल नृत्य, खुल्ला लोक दोहोरी, बुद्धिचाल(चेस) र घैटा फोर लगायतको प्रतियोगिता आयोजना गरिएको छ । बार्षिक उत्सवको अवसरमा जेष्ठ महिला नागरिक ७५ बर्षकी सुनसरी बुढा मगरलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले खाँडा, माला र अबिर लगाएर सम्मान समेत गरेको थियो । बार्षिकोत्सव १३ गतेदेखि १६ गतेसम्म जारी रहने त्यहाबाट हाम्रा सहकर्मि सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ ।

     

प्रतिक्रिया दिनुहोस्

Array