Ad image

रोल्पाको सुलिचौर जिप दुर्घटना, एकै घरका २ भाइ सहित ३ जनाको मृत्यु (विस्तृत विवरण सहित)

मालश्री खबर
मालश्री खबर ९ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ९ रोल्पा ।
सुनिलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।

रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले प्रारम्भिक जानकारी दिएको छ । गाडिमा १५ जान सवार रहेको सुलिचौर प्रहरीले जनाएको छ ।।

लु १ ज ३२३४ नम्वरको जिप पल्टिडा १२ जना घाइते भएका छन । ७ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई प्राथमिक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिनु भएको छ । गाडि सडकबाट करिव सय मिटर तल खसेको छ ।

मृत्यु हुने मा घोराही उपपहानगरपालिका वस्ने वर्ष ५८ का विष्णुप्रसाद रिजाल, साही ठाउँ निवासी वर्ष ६०का नारायण प्रसाद रिजाल र दाङ कै वर्ष ५० कि फाम्सि के.सी. रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

घाइते हुनेहरुमा रोल्पा सुनिलस्मृति गा.पा.–२ खुङ्ग्री वस्ने वर्ष ५४ कि चन्द्रचमन सिंह टाउको, शरिरको बिभिन्न भागमा चोट, सोही ठाउँकी वर्ष ३८ कि दिपा ठकुरी हात,खुट्टा र टाउकोमा चोट, वर्ष १४ कि नितु सिंह,हात,खुट्टामा चोट, वर्ष ३१ कि निलम सिंह,शरिरको बिभिन्न भागमा चोट, वर्ष १० कि आस्था थापा, टाउको, शरिरको बिभिन्न भागमा चोट, वर्ष ७ कि स्वस्तिका थापा,टाउको,शरिरको बिभिन्न भागमा चोट लागेको छ ।

मध्यम घाइतेहरुमा सुनिलस्मृति गाउँपालिका ३ मिझिङ वस्ने वर्ष २४ कि मेनुका विष्ट,हात,टाउकोमा चोट, वर्ष ४२ कि कुशुमा विष्ट,हात,खुट्टा,सरिरको विभिन्न भागमा चोट, जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका १५ डुडुवा वस्ने वर्ष ४०कि ईश्वरी थापा,हात,टाउकोमा चोट,सोही ठाउँ वस्ने वर्ष ४५ कि भगवति रिजाल, हात,खुट्टा,टाउकोमा चोट, घो.उ.म.न.पा.–६ वस्ने वर्ष ५० कि निर्मला शर्मा,शरिरको बिभिन्न भागमा चोट लागेको छ । जिल्ला रोल्पा सुनिलस्मृति गा.पा.–३ मिझिङ वस्ने वर्ष ४८ को जित वहादुर विष्ट (चालक) सामान्य घाइते रहेका छन ।

गम्भिर घाइतेहरु चन्द्रचमन सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तिका थापा र भगवति रिजाल लाई सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर रेफर गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array