Ad image

रोल्पामा भिरबाट लडेर युवकको ज्यान गयो

मालश्री खबर
मालश्री खबर ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

 

 

 

मालश्री खबर, कार्तिक ९ रोल्पा ।

- Advertisement -
Ad image

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ५ झाक्रिसल्ला भन्ने स्थानमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । गंगादेव गाउँपालिका वडा नं. ७ आरखोला बस्ने अम्मर बिकको ज्यान गएको हो ।

गंगादेव गाउँपालिका वडा नं. ५ कुईनेटा मामा घर जान भनि हिडेका विकलाई लडेको देखे पछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानियहरुले प्रहरी चौकि पाखा पानीको प्रहरीलाई साँझ ९ः १५ बजे खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी चौकी पाखापानीका प्रहरी सहायक निरिक्षक योगेन्द्र पुनको कमाण्डमा प्रहरी घटना स्थलमा पुगेको थियो ।

साङ्ले कामिको २२ बर्षका छोरा अम्मर विकको श्रीमती र एक छोरा रहेको प्रहरीले जानकारी दिएको छ । विक बाटोदेखि १ सय ५० मिटर तल खसेको रोल्पा प्रहरी प्रवत्ता प्रकाश भुषालले जानकारी दिनु भएको छ ।

अहिले विहान इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी घटना स्थालमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याउने तयारी भइरहेको रोल्पा प्रहरीले जानकारी दिएको छ । २२ वर्षको कलिलो उमेरमै भाइ टिकाको अघिल्लो दिन विकको मृत्यु भएका कारण छिमेकी तथा आफन्तहरु शोकमा डुबेका छन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्