Ad image

शहिद मेमोरियल युवा क्लब रोल्पाले तिहारको अवसरमा मयुर नाच सुरु

मालश्री खबर
मालश्री खबर ८ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, मालश्री खबर, कार्तिक ८ रोल्पा । शहिद मेमोरियल युवा क्लब परिवर्तन गाउँपालिका-४ पाछाबाङ रोल्पाले शुभ तिहार २०७९ को अवसरमा मयुर नाच सुरु गरेको छ । हटाऔ बिकृति बचाऔ,संस्कृतिूभन्ने मुल नाराका साथ यो बर्षको तिहारमा पनि गत बर्षको जस्तै मयुर नाच सुरु गरेको हो।

विगत १८ वर्ष देखि वि।सं। २०६२ साल देखि लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि मयुर नाच सुरु गर्दै आएको छ।शहिद मेमोरियल युवा क्लब परिवर्तन गा पा ४ पाछाबाङ रोल्पाले हालसम्म हरेक वर्षको तिहार तथा स्थानीय मेला पर्वहरुमा मयुर नाच प्रस्तुत गर्दै आएको बताइएको छ।

यो वर्षको तिहारको लागि कार्त्तिक ७ गते सोमबार कुकुर तिहारको दिन देखी सुरु भएको र उक्त मयुर नाचमा शहिद मेमोरियल युवा क्लबका सम्पुर्ण युवाहरू गरि करिब ३५ जनाको सहभागिता रहेकोे जनाइएको छ।
हरेक बर्ष १६ जनाको संख्यामा मयुर नाच नचाएको शहिद मेमोरियल युवा क्लबले यो वर्ष भने २४ जना युवाहरूलाई मयुर नाच नचाएको छ।

जसमध्ये १४ जना पुरुष नर्तकहरु रहेका छन भने १० जना महिला नर्तकहरुले मयुर नाच नाचेका हुन । कार्तिक ७ गते कुकुर तिहारको दिन देखि पञ्चसे टोलबाट सुरु गरेको मयुर नाच कार्तिक ८ गते गाई तिहारको दिनमा दमुरु गैरा टोलमा,बाक्तरे टोलमा,कार्तिक ९ गते गोरु तिहारको दिनमा सिमृ टोलमा,साबिक पाछाबाङ गा.वि.स.को १ नम्बर वडामा र कार्तिक १० गते भाईटीकाको दिनमा सल्लाबोट टोलको पैयाबोट डाँडामा मयुर नाच हुने सहिद मेमोरियल युवा क्लबका अध्यक्ष जयकुमार बुढाले जानकारी दिनु भएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array