Ad image

तिहार र छठमा पनि बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ जारी रहने

मालश्री खबर
मालश्री खबर ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक ८ रोल्पा । सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि विहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।

सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्