भरत नेपाली, मालश्री खबर, कार्तिक ५ रोल्पा । आउँदो मंसिर ४ गते हुन लागेको संघ र प्रदेश निर्वाचन लक्षित बाम लोकतान्त्रीक गठबन्धन लुङग्री गाउँपालिका स्तरीय भेलागाउँपालिकाको केन्द्र किलाचौरमा सनिबार सम्पन्न भएको छ ।
भेलाको प्रमुखअतिथि ने.क.पा. माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रोल्पा प्रदेश सभा सदस्य क उम्मेदवार जोख बहादुर महरा, विशिष्ट अतिथि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार कृण्ण बहादुर घर्तीमगर रहनु भएको थियो ।
भेलामा बोल्दै प्रमुख अतिथि महराले अहिले बनेको बाम लोकतान्त्रीक गठबन्धन मंसिर ४ माहुने निर्वाचनको लागि मात्र नभई संविधान र देशको रक्षा गरि संङघिय लोकतान्त्रीक गणतन्त्र जोगाउनको लागि बाम लोकतान्त्रीक गठबन्धन बनेको बताउनु भयो ।
त्यस्तै महराले देशमा १ सय ४ वर्षिय राणाशासन,३० वर्षिय पञ्चायतफल्न र ०६२÷०६३ को जनआन्दोलन बाट संघिय गणतन्त्र ल्याउनको लागि कांग्रेस र कम्युनिष्ट मिलेर नै सम्भव भएको बताउर्दै एमाले लगाए केहि पार्टीले संविधान, गणतन्त्र र देशलाई अन्त्य गर्न पश्चगामी गठबन्धन गरेकाले सो गठबन्धनलाई परास्तगर्न पाचँदलिय गठबन्धन गरिको बताउनु भयो ।
देशै भरि बामलोकतान्त्रीक गठबन्धन जनताको प्यारो भै सकेकोले यो गठबन्धनले सबै स्थानमा जित हासिल गर्ने बताउदै जव सम्म देश,संविधान र जनता सुरक्षितहुदैन तव सम्म यो गठबन्धन रहिरहने जिकिर गर्नु भयो ।
रोल्पा लगाएत देशका विभिन्न जिल्लामा बाम लोकतान्त्रीक गठबन्धनको विरुद्धमा बागी उम्मेदवार दिएकालाई गठबन्धनले नचिन्ने बताउदै रोल्पाको हकमा प्रतिनिधि सभा सदस्यको लागि वर्षमान पुन, प्रदेश सभा क बाट जोख बहादुर महरा र प्रदेश सभा सदस्य ख बाट अमरसिंह पुन नै गठबन्धनको आधिकारी उम्मेदवार भएकाले ढुक्क भएर मतदानगर्न नेता तथा कार्यकतालाई अनुरोध गर्नु भयो ।
हामीले निर्वाचन जिते पछि सम्बन्धित क्षेत्रमा विज्ञ, गठबन्धनका संघ प्रदेशका संसद लगाएत सबैको सहभागितामा छलफल गरि रोल्पा जिल्लाको समग्र विकास र रोजगारी सृजना गर्नको लागि गुरु योजना बनाई काम गर्ने बताउनु भयो ।
भेलाका विशिष्ट अतिथि कृण्ण बहादुर घर्तीमगरले रोल्पा माविगतको निवार्चनमा गठबन्धन हुननसके पनिमंसिर ४ माहुन लागेको निर्वाचनको लागिभने कम्युनिस्ट र नेपाली कांग्रेसले कुम जोडेको पहिलो पटक भएकाले यो गठबन्धन सफल हुने बताउनु भयो ।
त्यस्तै रोल्पा प्रदेश सभा सदस्य क मा निर्वाचन जित्न त्यति गाह्रो नभएको भएपनिप्रदेश सभा ख मा गठबन्धन विरुद्ध नेकपामाओबादीे कै स्वतन्त्र उम्मेदवार भएकाले समस्या हुने शंकाव्यक्तगर्दै प्रदेश ख मापनि गठबन्धनको भेला बैठकमा गठबन्धनका सबै नेताकार्यकर्ता गठबन्धन कै पक्षमा भएकाले गठबन्धन सफलहुने बताउनु भयो ।
घर्तीले केपि ओलिले राजनीतिक पार्टी, राष्ट्र सेवककर्मचारी,सेना,प्रहरी लाई धम्काई जहिले पनि सत्ताआफनो पक्ष राख्नखोज्ने गरेकाले केपिओलि र ओलिको विचार बोकेका मान्छे लाई नसक्दा सम्म यो बामलोकतान्त्रीक गठबन्धन काममै हुनु पर्ने बताउनु भयो ।
त्यस्तै घर्तीले नीति र विधिको पालनागर्ने देशको प्रमुखव्यक्तिराष्ट्रपति विद्यादेवि भण्डारी पनि केपि अेलिको इसरामाचलेको बताउदै केपि अेलिले भने पछि राती १२ बजे सम्म पनि खडा हुने जनताको लागि दिउँसो १२ नै सुत्ने गरेको बताउनु भयो, त्यस कारण नीति र विधिको पालना गर्ने सामान्य मान्छेलाई त्यो स्थानमा लग्नको लागि गठबन्धनको आवश्यकता परेको बताउदै निर्वाच नपश्चात बाम लोकतान्त्रीक गठबन्धनको सहमति भएमा रोल्पाका जोख बहादुर महरा पनिलुम्विनीप्रदेशको मुख्यमन्त्रीहुन सक्ने बताउनु भयो ।
त्यस्तै भेलामा नेकपा माओवादी केन्द्र बाट प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार तथा बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं.१का संयोजक आस बहादुर पुनले परिचालन समितिले तय गरेका पालिकातथा वडा तह सम्मको कार्ययोजनाको विषयमा जानकारी दिर्दै यो भेलामा सहभागिभएको सबै जना पालिका तहका नेताभएकाले वडा र बस्ती तह सम्मजनतालाई सचेत गराउदै ढुक्कका साथ गठबन्धनलाई भोट हाल्ने वातावरण सृजना गराउनु पर्ने बताउनु भयो ।
त्यस्तै पुनले पहाडको टुपोमा पुगी हेर्दा माथिपनि देखिने र तल गहिराई पनि देखिने भएकाले जनता भन्दा हामी अलि माथि भएकाले पहाडको टुपोबाट गठबन्धनलाई हेर्नु पर्ने बताउनु भयो ।
उक्त भेलामा नेकपामाओवादी केन्द्र लुम्विनीप्रदेहश सदस्यतुलाराम खडका,नेपालीकांग्रेसको उपसभापति कविता उपाध्यय,नेपाली कांग्रेस क्षेत्रीय सभापति दुर्गा बहादुर खड्रका,प्रदेश सभा सदस्य समानुपातकि उम्मेदवार कुस्मा महरा,प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मिना बुढा लगाएतको सहभागिता रहेको थियो । भेलाको संचालन मति पुनमगरले गर्नु भएको थियो भने भेलाको अध्यक्ष नेकपा माओवादी केन्द्र लुङग्री गाउँपालिका अध्यक्ष नेम बहादुर खड्रकाको अध्यक्षतामा सम्पन्नभएको थियो ।
प्रतिक्रिया दिनुहोस्