Ad image

सुनिल स्मृती गाँउपालिका वडा न. २ खुंग्रीमा कर्मा ५५५ जातको पुष्पखेती

मालश्री खबर
मालश्री खबर ४ कार्तिक २०७९, शुक्रबार
2 Min Read
Aa

लोकेन्द्र चन्द

मालश्री खबर, कार्तिक ४ रोल्पा । 

सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ खुंग्रीमा व्यावसायिक रुपमा कर्मा ५५५ जातको सयपत्री फुलको व्यवसायीकरुपमा खेती सुरु गरिएको छ । सुवर्णावती स्वावलम्बन समूहले सयपत्री फूल खेती सुरु गरेको बताइएको छ । रोल्पा जिल्लालाई फुलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित फुलखेतीको सुरु गरेको समुहले जानकारी दिएको छ । रोल्पा यसरी अहिले सम्म कुनै स्थानमा व्यावसायिक रुपमा फुलखेती गरिएको छैन् ।

- Advertisement -
Ad image

तस्बिर- मिलन भट्टाई फेसबुक पेज बाट

अहिले पनि फुलहरुको पर्ब भनेर चिनिने तिहारमा छिमेकि मुलुक भारत र चीनबाट भित्रिने आयातित प्लास्टिकका माला प्रयोग भैईरहेको छ ।
त्यस्तो मालालाई विस्थापन गरी जिल्लाको आर्थिक बाहिरिन नदिन र प्राकृतिक रुपमै उत्पादित स्थानीय सयपत्री फुल प्रयोग बढउनको लागी जिल्लामै पहिलो पटक पुष्प खेती गरिएको समेत बताइएको छ ।
करिब १ रोपनी जग्गामा ३५ हजारको लगानी गरी २८ जना महिला सदस्यहरूको समूह मिलेर सामुहिकरुपमा फुल खेती सुरु गरिएको छ ।

महिलालाई आत्मनिर्भर हुनेतर्फ उन्मुख गराउनको लागी पुष्पखेतिको सुरुवात गरिएको र अहिले उत्पादित फुललाई प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गर्ने निर्णय समूहले गरेको सुवर्णावती स्वावलम्बन समूहकी अध्यक्ष गिता योगीले बताउनु भयो ।

 

समूहले सुरु गरेको खेतीलाई एक सिजनमा मात्र नभई बाह्रै महिनामा सहज रुपमा फुल फुलाउने इच्छ्या भए पनि यसका लागि आफूहरूलाई फुलहरूको जात, खेती गर्ने तरिका र प्राविधिक बारेमा सबै ज्ञान नभएको भन्दै अध्यक्ष योगीले यसको लागी आफुहरुलाई फुलखेती सम्बन्धि प्राधिक ज्ञानको सहयोग गर्न समेत स्थानिय सरकार लगाएत अन्य सरोकारवाला पक्ष सबैलाई अनुरोध गर्नु भएको छ । कसैलाई फुल आवश्यक परेमा आफुहरुलाई सम्पर्क राख्न समेत अनुरोध गर्नु भएको छ ।

   

प्रतिक्रिया दिनुहोस्