Ad image

सिटिजन लाइफ इन्स्योरेन्स रोल्पा शाखाकाे रक्त दान कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर ४ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा । सिटिजन लाइफ इन्स्योरेन्स रोल्पा शाखाले रक्त दान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो कम्पनीको पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।  रक्तदान जिवनदान भन्ने भावका साथ रोल्पा अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

संवृद्धि तपाइको साथ हाम्रो भन्ने उदेश्यका साथ संचालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले रोल्पामा सेवाग्राहीहरुको सेवाका लागि निरन्तर लागि रहेको बताएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आयोजना गरेको रक्तदान कार्यक्रममा विभिन्न ब्यक्तिहरुले रक्तदान गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्