Ad image

सुनिल स्मृती गाँउपालिकाले ग¥यो गुनासो सुनुवाई प्रणालीको स्थापना

मालश्री खबर
मालश्री खबर ३ कार्तिक २०७९, बिहीबार
3 Min Read
Aa

मालश्री खबर, कार्तिक ३ रोल्पा ।

लोकेन्द्र चन्द

सुनिल स्मृती गाँउपालिका रोल्पाले गुनासो सुनुवाई सम्बन्धी प्रणालीको स्थापना गरेको छ । सुनिल स्मृती गाँउपालिका बाट हुने हरेक गुनासोहरु सुन्नको लागी यस्तो प्रकारको बिधुतिय प्रणालीको स्थापना गरिएको सुनिल स्मृती गाँउपालीकाले जानकारी दिएको छ । अव गाँउपालिका भित्रका नागरिकहरुले गाँउपालिका, वडा कार्यालय, र पालिका भित्र रहेका हरेक सरकारी गैरसरकारी कार्यालयहरुमा हुने अनियमिता, सुस्त सेवा प्रबाह आदीको गुनासो अव नागरिकले आफ्नै घरमै बसेर गुनासो राख्न सक्ने छन् ।
नागरिकहरुले घरमै बसेर वयब एप, मोबाईल एप्लिकेशन, फेसबुक, जिमेल, मोबाईल फोन आदि बाट सजिलै गुनासो गर्न सकिने गाँउपालिका सुचना प्रबिधि अधिकृत बिगन श्रेष्ठले बताउनु भयो ।

- Advertisement -
Ad image

यो प्रणाली मार्फत गुनासो घरमै बसेर २४ घन्टा गर्न सकिने गाँउपालिका सुचना प्रबिधि अधिकृत श्रेष्ठले बताउनु भयो । गाँउपालिका लगाएत पालिका भित्र रहेको हरेक सरकारी गैरसरकारी कार्यालय सँग सम्बन्धी गुनासोहरु प्राथमिकताको आधारमा तत्काल समाधान गरिने गाँउपालिका अध्यक्ष मनिराम बुढाथोकिले बताउनु भयो ।

आफुहरुले स्थापना गरको गुनासो सुनुवाई प्रणालिमा छिमेकि पालिका, प्रदेश सरकार र संघिय सरकार सँग सम्बन्धी भएको गुनासोहरु पनि समाधानको लागी समन्वय र प्रयास गरिने समेत गाँउपालिका अध्यक्ष बुढाथोकिले बताउनु भयो । अब नागरिकहरुले आफुले भोगेका र देखेका गुनासोहरु गर्नकै लागी गाँउपालिका सम्म आउनु पर्ने बाध्यताको अन्त्य भएको समेत अध्यक्षले बताउनु भयो । यस्तो प्रकारको गाँउपालिकाले प्रबिधिको स्थापना पछि सबै जनप्रतिनिधी, कर्मचारी, सम्पुर्ण सरोकारवाला पक्षलाई थप आफ्नो काम प्रति इमान्दारिता र बफादार हुनमा सहयोग पु¥याउने समेत बताउनु भयो ।

 

 

सेवा प्रबाहमा आफुले कहि कतै यस्ता प्रकारका समस्याहरु देखेको भोगेको भएमा तत्काल गुनासो गर्न समेत बताउनु भएको छ । आफुले गरेको गुनासो पुर्ण रुपमा गोप्य हुने भएको हुनाले भोलिको कुनै पनि दर र त्रासको चिन्ता नगरि गुनासो गर्नु पर्ने समेत अध्यक्ष बुढाथोकिले बताउनु भयो ।

भर्चुअल टेक्नोलोजी पोखरा सँग सहकार्यमा यस्तो प्रकारको प्रणालीको स्थापना भएको गाँउपालिकाले बताएको छ । यस बारेमा सुनिल स्मृती गाँउपालिको आयोजना र भर्चुअल टेक्नोलोजी पोखराको सहजिकरणमा गाँउपालिका भित्रका सबै वडा अध्यक्ष, सचिबहरु, गाँउपालिका सबै कर्मचारी लगाएतलाई एक दिने अभिमुखिकरण तालिम समेत दिएको गाँउपालिका उपाध्यक्ष मिना थापाले जानकारी दिनु भयो ।

कसरी आएका गुनासोहरु लाई हेर्ने र सामाधान गर्न सकिन्छ, भन्ने बिषयमा सरोकारवालाहरु लाई अभिमुखिकरण तालिम दिइएको थियो । बिहिबार भएको अभिमुखिकरण तालिममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रसासकि अधिकृत, सबै वडा अध्यक्ष, वडा सचिब , गाँउपालिका कर्मचारी लगाएतको सहभागिता रहेको बताइएको छ । गाँउपालिकाले गुनासो सुनुवाई अधिकृतको रुपमा गाँउपालिका स्वास्थय संयोजक मोतिम आलमलाई टोकिएको समेत गाँउपालिकाले जानकारी दिएको छ । यस्तो प्रकारको प्रणाली स्थापना गर्ने सुनिल स्मृती गाँउपालिका नेपालमै पहिलो स्थानिय सरकार हुन सक्ने समेत बताइएको छ ।

    

प्रतिक्रिया दिनुहोस्

Array