परिवर्तन गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सकियाे

मालश्री खबर
मालश्री खबर ३ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढामगर

मालश्री खबर, कार्तिक ३ रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले स्थानीय विपद व्यवस्थापन समितिको बैठक पुतलाचौरमा बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ।परिवर्तन गाउँपालिका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सुक बहादुर बुढामगरको अध्यक्षमा भएको बैठकमा परिवर्तन गाउँपालिकाकी उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपाने,परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष मैते बुढामगर,२ का वडा अध्यक्ष हरि प्रसाद बुढामगर,३का वडा अध्यक्ष खिम विक्रम चन्द,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली, ६ का वडा अध्यक्ष भरत कुमार बुढा,परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा संयोजक दिपक घर्तीमगर,परिवर्तन गाउँपालिका पूर्वाधार विकास शाखा संयोजक खकेन्द्र बुढामगर,परिवर्तन गाउँपालिका शिक्षा शाखाका बालाराम वली,ईलाका प्रहरी कार्यालय ओहबाङ्का सहायक प्रहरी असाई दिपेन्द्र बुढाथोकी,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बहादुर बुढामगर,नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका उपसभापति प्रवेश प्रसाद बुढामगर,उद्योग वाणिज्य संघ परिवर्तन गाउँपालिका संयोजक प्रेम कुमार बुढामगर र पत्रकार सुर्य प्रकाश बुढामगर लगाएतको सहभागिता रहेको थियो । विपद व्यवस्थापनको यो दोस्रो बैठक भएको बताइएको छ।

२०७९ असोज १८ गतेदेखि २६ गतेसम्म भएको अविरल बर्षाका कारणले मानवीय तथा भौतिक रूपमा पारेका असरका बारेमा छलफल भएको समेत जनाइएको छ।साथै परिवर्तन गाउँपालिकाका सबै वडाका वडा अध्यक्षहरुले आ–आफ्नो वडामा अविरल बर्षाले गराएका भौतिक क्षतिहरुका बारेमा रिपोर्टिङ गरेका थिए भने उपस्थित सबैले आ–आफ्नो क्षेत्रको बारेमा रिपोर्टिङ समेत गरेका हुन्।परिवर्तन गाउँपालिकाका अध्यक्ष तथा स्थानीय विपद व्यवस्थापन समितिका संयोजक सुक बहादुर बुढामगरले आफ्नो पालिका भित्र कुनै पनि मानवीय क्षति नभएको बताउदै,पालिकाले भौतिक रूपमा धेरै क्षति व्यहोर्नुपरेको समेत बताए ।

हाम्रो पालिकामा सडक,विद्यालय,खानेपानी,घर तथा शौचालय लगाएतमा अविरल बर्षाले गर्दा धेरै क्षति भएको बताउदै,भने केही घर उच्च जोखिममा छन्,केही मध्य र केही सामान्य भएको समेत बताए।सबै वडाबाट क्षतिको विवरण आएको छ अध्यक्ष बुढामगरले भन्नुभयो“मलाई प्राप्त भएका सबै विवरण जिल्ला विपद व्यवस्थापनको बैठकमा पेश गर्ने छु,बैठक बाट जे निर्णय आउँछ“त्यहीँ अनुसार अगाडि काम गर्ने समेत बताउनुभयो।साथै विपद बाजा बजाएर नआउने भन्दै सबै सधैं तयारी अवस्थामा रहनु पर्ने समेत बताए।बैठकको सञ्चालन परिवर्तन गाउँपालिका विपद व्यवस्थापन शाखाका संयोजक तथा स्थानीय विपद व्यवस्थापन समितिका सचीव विकास विक्रम आले मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्