Ad image

द्वन्द्व पीडितहरुको सवालका बारेमा छलफल कार्यक्रम लिबाङमा

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।
वर्तमान परिवेशमा द्वन्द्व पीडितहरुको सवालका बारेमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल पिस विल्डिङ ईनिसेटिभको आयोजनामा रोल्पाको सदरमुकाम लिबाङमा कार्यक्रम सम्पन्न गरिएको हो ।

द्धन्द पिडितहरुको सवालमा सम्बन्धित सरोकारवाला निकायहरुको अवस्था कस्तो छ भन्ने बारेमा छलफल गरिएको थियो ।
नेपालमा १० वर्षको सशस्त्र द्धन्द सकिएको लामो समय विति सके पछि संक्रमण कालिन न्यायलाई टुङ्ग्याउन सकिएको छैन । पिडितहरुको सुचि संकलन तथा रातह वितरण बाहेक नेपालले पिडितहरुको पहिचान, क्षतिपुर्ति, परिपुरण वा पिडितलाई कार्वाही गर्ने कुनै पनि प्रकृया थालेका छैन । यसले गर्दा घाइते, अपांग, मृतकका परिवार र बेपत्ता परिवारहरु पिडामा परेका छन ।

- Advertisement -
Ad image

यस सस्थाले बाँके, बर्दिया र रोल्पामा पिडितहरुको अनुसन्धान गरिरहेको आयोजकले जानकारी दिएको छ । संक्रमणकालिन न्यायका लागि संघ, प्रदेश र स्थानिय सरकारले कसरी काम गरिरहेका छन । यसका साथै नागरिक समाज, गैसस, पत्रकार, संचारमाध्यमले गरिरहेको कामका बारेमा पनि अध्यन भइरहेको जनाइएको छ ।
कार्यक्रममा पिडितहरुको अवस्था, उनिहरुको मागका साथै पिडितहरुलाई राहत, क्षतिपुर्ति, परिपुरण र पिडकलाई कार्वाही गर्न कसरी सकिन्छ भन्ने बारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।

नेपाल पिस विल्डिङ ईनिसेटिभका अधिवत्ता स्मृति काफ्लेले कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु, नागरिक समाजका अगुवा, अधिकारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array