Ad image

गठबन्धनको पक्षमा एक भएर लाग्न नेता घर्तिको सबै कार्यकर्तालाई आग्रह

मालश्री खबर
मालश्री खबर २ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

मालश्री खबर, कार्तिक २ रोल्पा ।

यतिखेर दाया बाया केहि कुरा नसोचेर गठबन्धनको पक्षमा एक भएर लाग्न गठबन्धनका नेता कार्यकर्तालाई नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापति एंव प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्तिमगर आग्रह गर्नु भएको छ ।

बुधबार बाम—लोकतान्त्रिक गठबन्धन रुन्टिगढी गाँउपालिकाले आयोजना गरेको सयुक्त साँझा भेलालाई सम्बोधन गर्नको लागी बिशिष्ट अतिथिको रुपमा पुग्नु भएको नेता घर्तिले यस्तो कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

यो गठबन्धलाई सामान्य गठबन्धनको रुपमा नबुझ्न र नलिन गठबन्धनका आम नेता कार्यक्रतालाई आग्रह गर्नु भएको थियो । सामान्य अवस्थामा यो गठबन्धन नभएको हुनाले सबै नेता कार्यकर्ताले आँखा चिम्लेर गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको थियो ।

यो देशको तानाशाहि राजा ज्ञानेन्द्र फाल्न भन्दा केपि शर्मा वली फाल्न गाह्रो भएको हुनाले, अब सबै यो देशको रक्षाको निम्ती भए पनि गठबन्धनका सबै शत्ति एक भएर लाग्नु पर्ने नेता घर्तिले बताउनु भएको थियो ।
गठबन्धनलाई जस्ले जसरी बुझेपनि यो गठबन्धन पबित्र र राष्ट्रिय हितमा भएको समेत नेता घर्तिले बताउनु भएको थियो । हिजो दिनमा कस्ले के ग¥र्यो कँहा के भयो भन्ने कुरालाई यति खेर सबैले बिर्सिएर राष्ट्रको बारेमा सोचेर एक हुनुपर्ने समेत बताउनु भएको थियो

 

प्रतिक्रिया दिनुहोस्

Array