Ad image

परिवर्तन गाउँपालिकामा एकीकृत समाजवादीका सम्पुर्ण पदाधिकारी एमालेमा प्रवेश

मालश्री खबर
मालश्री खबर १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १ रोल्पा ।

परिवर्तन गाउँपालिकामा ने.क.पा. (एकीकृत समाजवादी) का सम्पुर्ण पदाधिकारी ने.क.पा.(एमाले) मा प्रवेश गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परिवर्तन गाउँ कमिटीको सातौं विस्तारित बैंठक तथा पार्टी प्रवेश कार्यक्रममा ति पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन ।

 

पुतलाचौरमा सम्पन्न भएको बैठकमा ने.क.पा. (एमाले) परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदिप डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेद्वार तथा ने.क.पा. (एमाले) केन्द्रिय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेद्वार तथा ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य पुर्ण वुढा, ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा “ख“ का प्रत्यक्ष उम्मेद्वार प्रेम बहादुर घर्ती रहनु भएको थियो ।

- Advertisement -
Ad image

 

कार्यक्रमको अन्य अतिथिमा ने.क.पा. (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य लोकेन्द्र घर्तीमगर, रोल्पा जिल्ला सचिवालय सदस्य तथा परिवर्तन गाउँ कमिटी ईन्चार्ज टेकेन्द्र घर्तीमगर लगाएतका पदाधिकारीहरु उपस्थिती रहेको थियो । पार्टी प्रवेश कार्यक्रममा ने.क.पा. (एकीकृत समाजवादी) परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा (नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरु घन कुमारी घर्ती, सविना वि.क., गंगा प्रसाद रोका, अरुणा थापा लगातएतका १७ जना भन्दा बढी पदाधिकारी सहित सिंगो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी ने.क.पा. (एमाले) मा प्रवेश गरेका छन ।

 

पार्टी प्रवेश गराउँदै कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले ने.क.पा. (एमाले) को विकल्पमा अन्य कम्युनिष्ट पार्टी हुन नसक्ने भन्दै समयमै घर फर्किएकोमा बधाई तथा धन्यवाद समेत दिनुभएको छ । ने.क.पा.(एमाले) परिवर्तन गाउँ कमिटीका उपाध्यक्ष हुकुमबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिवर्तन गाउँ कमिटीका सचिव देवप्रसाद वलीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array