Ad image

लोकतान्त्रिक बाम गठबन्धको सयुक्त भेला आइतबार घर्तिगाँउमा सम्पन्न

मालश्री खबर
मालश्री खबर ३० आश्विन २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, असोज ३० रोल्पा ।
लोकतान्त्रिक बाम गठबन्धको सयुक्त आन्तरिक भेला आइतबार घर्तिगाँउमा भएको छ । आगामी मंसिर चार गते हुने प्रतिनिधी सभा र प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धका साँझा उम्मेदवारलाई बिजय गराउनको लागी आफ्नो चुनावि प्रचार अभियानलाई तिब्रता दिई राखेको गठबन्धनले जानकारी दिएको छ ।

आइतबार माडि गाँउपालिकाको घर्तिगाँउमा भएको लोकतान्त्रिक बाम गठबन्धको सयुक्त आन्तरिक भेलालाई सम्बोधन गर्नको लागी रोल्पा जिल्ला प्रतिनिधी भा प्रत्यक्ष तर्फका गठबन्धनमा साँझा उम्मेदवार बर्षमान पुन, प्रदेश सभा १ प्रत्यक्ष तर्फका साझा उम्मेदवार जोख बहादुर महरा, प्रदेश सभा २ प्रत्यक्ष तर्फका साझा उम्मेदवार अम्मरसिंह पुन, नेपाली कांग्रेस प्रतिनिधी सभा तर्फका समानुपातीक उम्मेदवार कृष्ण बहादुर घर्ति मगर लगाएत अन्य गठबन्धन तर्फका समानुपातिक उम्मेदवारहरुको समेत सहभागिता रहको थियो । भेलामा बोल्ने गठबन्धनका साझा उम्मेदवार र गठबनधनका नेताहरुले अब रोल्पाको विकाशका लागि संघ र प्रदेशमा काँग्रेस माओवादी एक भएर जाने प्रतिकृया दिएका थिए । २०४८ साल पछि रोल्पामा कांग्रेस र कम्यूनिष्टको सहकार्य र गठबन्धन हुन नसकेको हुनाले केहि गठबन्धनका नेता कार्यकताहरु बिभिन्न शंका उपशंका भए पनि अब ढुक्क भएर गठबन्धनको पक्षमा लाग्न सबै नेता कार्यक्रतालाई निर्देशन समेत दिएका थिए । गठबन्धनका बिषयमा कुनै पनि गठबन्धको मर्म र भाबना भन्दा बाहिर गयर बिरोधी प्रतिक्रिया नदिन समेत अनुरोध गरेका थिए । नेपाली कांग्रेसको पुर्ब केन्द्रिय सदस्य एंव महिला नेत्री भिमकुमारी बुढामगर, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष बिर बहादुर खत्री, भेलामा नेपाली कांग्रेस रोल्पाका पाटी सभापति किशोर कुमार आचार्य, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रोल्पाका संयोजक गुणेन्द्र घर्ती, राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ बिष्ट, नेकपा माओवादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र थापा घर्ती, नेकपा माओबादी केन्द्र रोल्पा प्रदेश सभा २ का क्षेत्रीय अध्यक्ष निमकान्त डाँगी लगाएत गठबन्धनका अन्य नेता तथा कार्यकर्ताहरु सहभागिता रहेको थियो । भेलाको अध्यक्षता नेपाली कांग्रेस प्रदेश सभा २ ख का क्षेत्रिय सभापति एंव नेपाली कांग्रेस प्रदेश सभा २ ख का समानुपातिक उम्मेदवार गोपाल घर्तिले गर्नु भएको आयोजकले बताएको छ । सोहि प्रकृतिको लोकतान्त्रिक बाम गठबन्धको सयुक्त आन्तरिक भेला पुर्बी रोल्पाको सुलिचौरमा हुने समेत बताइएको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array