Ad image

रोल्पा नगरपालिकाद्धारा महाअष्टमीका दिन सवारी साधनको पुजा

मालश्री खबर
मालश्री खबर १७ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

मालश्री खबर, असोज १७ रोल्पा ।

नेपालीहरुको महान चाड दशैँको आठौँ  दिन आज रोल्पा नगरपालिकाले सवारी साधनको पुजा पाठ गरेर मनाएको छ । नगरपालिकामा भएका विभिन्न सवारी साधनको पुजा पाठ तथा पशुबली दिएर महाअष्टमी पर्व मनाएको रोल्पा नगरपालिकाले जनाएको छ ।

दशैँको आज आठौँ दिन कृषकहरुले बारीमा प्रयोग गर्ने हात हतियार औजारहरुको पुजा गरेर पनि मनाउने प्रचलन रहेको छ । आजको दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिने समेत धार्मिक परम्परा रहेको छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ।

रोल्पा नगरपालिकाको परिसरमा विधिपुर्वत सवारी साधनको पुजापाठ गरी दुर्गा भवानीको विशेष पूजाआराधना तथा प्रसाद ग्रहण गरिएको थियो । कार्यक्रममा रोल्पा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खुमबहादुर थापा, वडा नं. २ का वडा अध्यक्ष प्रकाश डाँगी, वडा नं. ४ का निवर्तमा वडा अध्यक्ष नवराज आचार्य, रोल्पा नगरपालिकाका कर्मचारीहरु लगाएत अन्य सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्

Array