Ad image

दशैँ विशेष सुरक्षाका लागि सुरक्षा निकाय हाइ अलर्टमा छ – प्रमुख जिल्ला अधिकारी सापकोटा

मालश्री खबर
मालश्री खबर १७ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

मालश्री खबर, असोज १७ रोल्पा ।
आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको चुनावमा आफु निष्पक्ष भएर लाग्ने रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भएको छ । विजया दशमिको आज आठौ दिन अर्थात अष्टमीका दिनमा दुर्गा भवानीको विशेष पूजाआराधना तथा प्रसाद ग्रहण कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

विगतको स्थानिय चुनावमा राम्रो भुमिका खेल्नु भएका प्रमुख जिल्ला अधिकारी सापकोटाले संघ र प्रदेशको चुनाबमा पनि सबै तह र तप्काको सहयोगमा चुनाव भएरहित, शान्त र म¥यादित बातावरणमा सम्पन्न गर्नमा सहजिकरण गर्ने उहाले प्रतिवद्धता समेत जनाउनु भएको छ ।
अष्टमी विशेष प्रसाद ग्रहण तथा भेटघाट कार्यक्रममा स्वागत गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले रोल्पा बसाइमा आफ्नो दशै यो दोस्रो भएकाले चाडपर्वमा हुने अम¥यादित गतिविधी, चोरी, डकैटी नियन्त्रण गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्नमा आफु हर तरह बाट लागेको र सुरक्षा निकाएलाई हाइ अलर्टमा राखेको बताउनु भएको छ ।

कार्यक्रममा पुर्व सभामुख कृष्णबहादुर महारा, रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती, उम–मेयर गिता आचार्य, निवर्तमा मेयर पुर्ण केसी, रोल्पा प्रहरी प्रमुख डियसपी विनोद घिमिरे, जिल्ला समन्वय समिती रोल्पाका पउ–प्रमुख कर्मलाल परियार, नेपाली काँग्रेस रोल्पाका पार्टी सभापति किशोरकुमार आचार्य, समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हरिप्रसाद घर्ती, राप्रपा रोल्पाका अध्यक्ष अम्मरबहादुर थापा, स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविनलोचन मगर, नेपाल रेडक्रश सोसाइटी रोल्पा जिल्लाका सभापति डीबी घर्तीमगर लगाएत जिल्लाका विभिन्न कृयाशिल राजनितीकदलका प्रमुख तथा प्रतितिधी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array