Ad image

पुर्बि रोल्पाको मुख्य ब्यापारीक केन्द्र सुलिचौर र रुइनिबाङ बजार सरसफाइ

मालश्री खबर
मालश्री खबर १५ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

मालश्री खबर, असोज १५ रोल्पा ।  दशै तिहार नजिकिय सँगै पुर्बि रोल्पाको मुख्य ब्यापारीक केन्द्र सुलिचौर र रुइनिबाङ बजार क्षेत्र सरसफाइ गरिएको छ । सुनिल स्मृती गाँउपालिको अग्रसरतामा ईलाका प्रहरी कार्यालय सुलिचौर र स्थानिय बुद्धिजिबी, व्यापारी, समाजसेबी, उद्योग बाणिज्य संघको उपस्थितिमा बजार सरसफाइ गरिएको सुनिल स्मृती गाँउपालिकाले जानकारी दिएको छ । सुनि स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको नेतृत्वमा बजार क्षेत्र सरसफाई गरिएको समाजसेबि बुद्धिजिबी अमृत बहादुर जिसिले बताउनु भयो ।

 

बजार क्षेत्रलाई सफा, हराबराह र आर्कषित बनाउने गाँउपालिको अभियान अन्तरगत नै सरसफाइ गरिएको गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले बताउनु भयो । आफु गाँउपालिका अध्यक्ष निर्बाचित भए पछिको यो सुलिचौर, रुईनिबाङ बजार क्षेत्र सरसफाइ अभियान चलाएर बजार सरसफाइ गरेको दोस्रो पटक भएको गाँउपालिका अध्यक्ष बुढाथोकिले बताउनु भयो । गाँउपालिले बजार क्षैत्रलाई सरसफाइ सँगै बजार व्यवस्थित बनाउने अभियान पनि संचालन गरको छ । सुनिल समृती गाँउपालिकाले असोज ८ गते गाँउपालिका कार्यालयमा सरोकारवालाहरु सँग बृहत अन्तिरक्रिया गरेर सुलिचौर रुइनिबाङ बजार छाडा रुपमा छोडिने चौपाएलाई पुर्ण रुपमा बन्देज गर्ने बजार क्षेत्रमा छाडा रुपमा बस्तु भाउ र कुखुरा हाँस छोड्दा दुर्घटना हुने र बजार क्षेत्र अव्यवस्थित हुने भन्दै यस्तो कार्य तत्का बन्द गर्ने निर्णय समेत गरि सकेको छ ।

- Advertisement -
Ad image

 

बजारमा अव्यबस्थित रुपमा पार्किङ गरिने गाडी, मोटरसाइकल पनि अब गाँउपालिकाले तोकेको निश्चित स्थानमा पार्किङ गर्नु पर्ने गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिले बताउनु भयो । सुलिचौर रुइनिबाङ बजार क्षेत्रमा सागुरो स्थान भएको हुनाले बजार क्षेत्रमै गाडी पार्किङ गरेर राख्दा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको हुनाले अब पार्किङको लागी गाँउपालिकाले छुट्रै स्थानमा व्यवस्था मिलाउन लागेको समेत बताइएको छ । दशै तिहारको बिचमा सुलिचौर रुइनिबाङ बजार क्षेत्र व्यवस्थित गर्ने प्रयासमा रहेको अध्यक्ष बुढाथोकिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array