Ad image

नेरा नमुना माबि मौलाबोटले बहुउद्देश्यीय सहकारी सस्था उद्धघाटन गर्दै

मालश्री खबर
मालश्री खबर १४ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, असोज १४ रोल्पा ।  नेपाल राष्ट्रिय नमुना माबि थप प्राबिधिक बिद्यालय मौलाबोट राङकोट रोल्पाले शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को शनिबार उद्घाटन गर्ने भएको छ । शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको सेक्सन बि को हल बाग्मारामा उद्घाटन गर्न लागेको बिद्यालयका प्रध्यानाध्यापन गोपाल बहादुर केसिले जानकारी दिनु भएको छ ।

 

 

- Advertisement -
Ad image

 

शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको उद्धघाटन परिबर्तन गाँउपालीका अध्यक्ष सुकबहादुर बुढा मगर ले गर्ने बिद्यालय प्रसासनले जानकारी दिएको छ । बचत गर्नु पर्छ भन्ने उदेश्यका साथ यो सहकारी संस्था लिमिटेड स्थापना गर्न लागेको बिद्यालयका प्रअ केसिले बताउनु भयो । सहकारीकै अबधारणा अनुसार संचालनमा आउने भएको छ । सहकारी सस्था लिमिटेडमा नेपाल राष्ट्रिय नमुना माबि थप प्राबिधिक बिद्यालय मौलाबोट राङकोटमा कार्यरत सबै शिक्षक र कर्मचारीले महिनामा एक दिन बराबरको तलब अनिबार्य बचत गर्नु पर्ने नियम रहेको बताएइको छ । अब बिद्यालयमै शिक्षक कर्मचारी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड स्थापना भए पछि सबैमा बचत गर्नु पर्छ भन्ने बानीको बिकास हुने र आर्थिक बचत हुने समेत प्रअ केसिले थप्नु भयो । दैनिक, मासिक र पाछिक बचत गर्न सकिने भएको हुनाले बचत गर्न चाहने बिद्यालयका शिक्षक, कर्मचारी बाहेक अरुले पनि बचत गर्न सक्ने व्यवस्था मिलाएको बताइएको छ । असोज १५ गते शनिबार बिहान १० बजे नेपाल राष्ट्रिय नमुना माबि थप प्राबिधिक बिद्यालय मौलाबोट राङकोट बि को सभा हल बागमारामा हुने उद्घाटन कार्यक्रममा सहभागि भईदिनको लागी जन प्रतिनिधि, कर्मचारी, नजिकका छिमेकि बिद्यालयका शिक्षक, बजारबासिहरु लगाएत बिद्यार्थि, अभिभावकहरुलाई उपस्थितिको लागि प्रअ गोपाल बहादुर केसिले अनुरोध गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array