Ad image

जन जागृती युवा समुहकाे बिभिध कार्यक्रम आज पनि जारी

मालश्री खबर
मालश्री खबर १३ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, रोल्पा । जनजागृतीयुवा समुह सुनछहरी गाँउपालिका वडा न.७ खिबाङ जेलबाङ रोल्पाको प्रथम बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बिभिध प्रतियोगिताहरु आज पनि जारी रहेको छ ।

बार्षिक उत्सवमा आयोजना गरिएको प्रतियोगितामा खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, रस्सा कस्सि प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, घैटा फोड प्रतियोगिता, बतित्वकला प्रतियोगिता, छेलो फाल्ने र भाले पकड आदि प्रतियोगिताको पहिलो चरणको खेलहरु आज पनि भइराखेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुष २५ टिम र महिला १५ टिमको सहभागिता रहेको छ । बार्षिक उत्सबको हिजो गाँउपालिका अध्यक्ष धनबहादुर पुन मगरले उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array